भारतीय प्रधानमन्त्री मोदी दुई दिने नेपाल भ्रमणमा आउदै, सम्पूर्ण तयारी पुरा


काठमाडौं , साउन १८ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउनु अघि सामाजिक सन्जाल टि्वटरमार्फत आफू नेपालको भ्रमण गर्न आतुर रहेको रहेको बताएका छन् । उनले शनिबार साँझ टि्वट गर्दै आफ्नो धारणा बाहिर ल्याएका हुन् । ‘आफ्नो भ्रमणले समान संस्कृति र परम्परा रहेको दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने छ । मलाई आशा छ नेपालका नेता तथा सांसदहरुसँग फलदायी वार्ता हुनेछ र यसले नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने छ ।’

नेपालको दुई दिने औपचारिका भ्रमणका लागि आइतबार विहान सेनाको विशेष विमानमा काठमाडौं आइपुग्दैछन् । सरकारले उनको भ्रमणलाई उच्च महत्व दिदै सुरक्षाको विशेष ब्यवस्था र सम्मानको ब्यापक तयारी पुरा गरेको छ । उनी चढ्ने अत्याधुनिक सुरक्षा प्रविधिजडित गाडी तीन दिनअघि नै नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको थियो । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष अगाडिको प्राङगणमा नै प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्ने कायक्रम रहेको छ । उनको सम्मानमा १९ तोपको सलामी दिदै भ्रमणलाई राजकीय बनाइने सम्पूर्ण तयारी पुरा भएको छ ।

लामो समयदेखि मोदी पशुपति नाथको दर्शनकै लागि मात्र भए पनि नेपाल आउने चर्चा भइरहेको अवस्थामा उनले टि्वटमा भनेका छन, ‘मेरो लागि नेपाल यात्राको अर्को एउटा महत्व पनि छ । मैले साउनको महिनाको अवसर पारेर भगवान पशुपतिको दर्शन गर्न पाउने सौभाग्य रहेको छ ।’ पशुपतिमा उनको पूजाको लागि ब्यापक तयारी छ । सोमबार विहान उनले पशुपतिमा झण्डै एक घण्टा विताउने छन् ।

उनी बस्ने होटल देखि सवारीको क्रममा प्रयोग हुने सडक, सिंहदरबार, राष्ट्रपति भवन सबै सिंगारिनुका साथै सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ । आइतबार सडक ट्रफिकलाई ख्यालगरेर सरकारले कम सवारी साधन प्रयोग गर्न समेत सबै पक्षलाई अनौपचारिक रुपमा आग्रह गरिसकेको छ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले अत्यावस्यक सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न उसको आधिकारी एफएम रेडियो मार्फत सूचना जारी गरेको छ ।

प्रधानमन्त्री कोइरालाले मोदीको भ्रमणले दुई देशका सम्वन्धलाई राजनीतिक तहमा बलियो बनाउन भारतले सदासयता देखाएको बताएका छन । नेपालले जे सम्मानित ठान्छ ,त्यो नै हुनेछ त्यसमा सरकार चुक्दैन नेपाल सार्वभौम मुलुक भएको जानकारी उनले दलका नेता तथा आफ्ना मन्त्रीहरुलाई बताएका छन् ।

 

Narendra_Modi_office_day_one_650मोदीको यो भ्रमण विशुद्ध राजनीतिक विश्वास कायम गर्नेमा मात्र केन्दि्रत हुनेछ । संसदमा संवोधन, राजनीतिक दलका नेताहरुसंगको भेटबाट यो स्पष्ट देखिएको भ्रमण तयारीमा लागेको एक अधिकारीले बताए भनी कान्तिपुरले आफ्नो अन्लाईन सस्करणमा लेखेको छ।