“६ एकान ६”प्रदर्शनीबाट बचत रकम पहीरो पीडीतलाई – एन.आर.एन.ए. स्पेन


बसन्त रानाभाट
बासिलोना –
गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले नेपाली कथानाक चलचित्र “छ एकान छ ६” को प्रदर्शनीबाट बचत रकम सिन्धुपाल्चोक जिल्लाका पहीरो पीडीत परीवारहरुलाई सहयोग स्वरुप पठाउने निर्णय गरेको छ ।
पहिरो र डुबानले बेपत्ता भएको व्यक्तिको अझै एकिन बिबरण नआईसकेको , संकलन र खोजीमा स्थानीय प्रशासन लागि पर्दै गर्दा, सबैले हरेक तबरबाट सहयोग गर्नु पर्छ भन्दै सघले यस्तो निर्णय गरेको हो ।

सिन्धुपाल्चोकको माङ्खामा सुनकोसी नदीमाथि खसेको पहिरोमा पुरिएर मृत्यु हुनको संख्या २७ पुगेको छ । स्काभेटर र डोजरलगाएर बेपत्ताहरुको पहिरोले पुरिएको स्थानमा खोजी गर्दा सोमबार मात्रै १७ शव भेटिएको हो । १७ मध्ये ११ महिला, ३ पुरुष र ३ बालकालिका छन् ।
यस अघि आफ्नो कोषलाई बृदि गर्ने एबम नेपाली समुदायलाई मनोरन्जन दिने भन्दै सघंले चलचित्र प्रदर्शनी गर्ने भनिए पनि पहीरोले भएको धनजनको क्षतिले मर्माहात बनाएको भन्दै यस्तो निर्णय गरेको उपाध्यक्ष निरजकुमार पोखरेलले नेपालीनेपाली डटकमलाई बताएका छन् ।
पिडादायिक अबस्था गुजारीरहेका पिडितहरुको लागि बचत रकमबाट केहि न केहि भए पनि राहत मिल्ने हुदा एक पटक हल सम्म पुगेर सहयोग गरिदिन बार्सिलोनाबासीलाई संघले अनुरोध गरेको छ ।
बार्सिलोनाको काइया पी-५ को सिनेमाग्डामा अगस्ट ५ तारिक मंगलबार प्रदशन हुने चलचित्र हेर्नको लागि प्रबेश शुल्क १० युरो राखिएको छ ।