मोदीलाई राजकीय सम्मानका साथ १९ तोपको सलामी दिईने , भ्रमणको कार्यतालिका सार्वजनिक


 

काठमाडौं ,१६ साउन-

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार आपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा सरकारले राजकीय सम्मान प्रदान गर्ने भएको छ।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरि मोदी भ्रमणका केही कार्यक्रम सार्वजनिक गरेको छ ।  जसमा मोदीलाई १९ तोपको सलामी दिने पनि उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर मोदीको भ्रमणको कार्यतालिका सार्वजनिक गरेको हो।

आइतवार विहान मोदी विशेष विमानबाट कम्तिमा ५ मन्त्री सहित काठमाडौं आउनेछन् । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री सुशील कोइराला अति विशिष्ठ कक्षसम्मै जानेछन् ।
त्यसपछि मोदीलाई नेपाली सेनाको एक टुकडीले विशेष सम्मान गारत अर्पण गर्नेछ । विमानस्थलबाट मोदी बौद्धस्थित हायात होटलमा जाने छन् भने केहीबेर आराम गरेर उनी दिवाभोजमा सहभागी हुनेछन् । मोदीको टोलीमा एक सय भन्दा बढि सदस्य रहने जानकारी मन्त्रालयले दिएको छ ।

उनले त्यसै दिन प्रधानमन्त्री कोइरालासँग भेटवार्ता गर्ने र व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम बनाइएको छ । आइतवार बेलुका कोइरालाले  मोदीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन् । राष्ट्रपतिलाई भेट्न मोदी शीतल निवासमा सोमबार जानेछन् ।
मोदीले प्रधानमन्त्रीलाई सिंहदरबारमा हुनेछ भने अरु भेटघाट भने होटलमै हुने मन्त्रालयले जनाएको छ । मोदीले साउने सोमबार पारेर हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको विशेष पूजा गर्नेछन् । सोमवार विहान मोदीको विशेष पूजाका लागि पशुपतिका मूल भट्ट र पुजारी सहित भारतबाटै केही पण्डितहरु पनि मोदीसँगै आउनेछन् ।
पशुपतिको विशेष पूजापछि राष्ट्रपतिसँग भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ । सोमवारै दुई देशबीच केही सम्झौतामा हस्ताक्षर हुने छ ।