नागपञ्चमी: महत्व र विशेषता


पण्डित राजेन्द्र खनाल (ज्योतिष)– हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प)लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरजीको आभुषण होस् वा भगवान विष्णुजीको शय्या होस्,विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।

पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो रु भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक?जरत्कारु र मनसादेवी सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ ।

त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नाग देवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो

मुनेर्मातर्जगदानन्दकारिणि ।
एह्येहि मनसे देवी नागमातर्नमस्तुते ।।
अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः ।
कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।।”
भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, नागमाता मनसादेवीलाई नमस्कार गर्दछु ।
नोटः यस पालीको नाग पञ्चमी यही अगस्ट १ तारिख शुक्रवार पर्दछ, यस बारेमा विस्तृत जानकारी तथा पूजा कसरी गर्ने रु भन्ने सम्बन्धमा थप छलफल गर्नका लागि तलको नम्बरमा संपर्क गर्नु होला । यस्पाली हामीले नाग हुलाक मार्फत पनि पठाएका छौ यदि १ तारिख सम्म नाग आइ पुगेन भने यसै नाग लाई प्रिन्ट गरी, पूजा गरी टास्नु होला अथवा पुर्णिमा सम्म पनि पूजा गरी नाग टास्न मिल्ने भएकाले पूजा गरी घरमा टास्नु होला ।

कृपया आफ्नो प्रतिकृया पठाउन नभुल्नु होला । सम्पर्क स् हिन्दु कल्चरल सेन्टर तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँची र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाई, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइदिएकालेयसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको पाइन्छ । यसरी नाग पञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ ।

नागपञ्चमी पूजा र विधि:
प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो । यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दही, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप दीप, नैवैद्य सहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको भय हुँदैन र कालसर्प आदि गरिएको योग पनि नष्ट हुन्छ