दवार कसेरी घाटको विषयमा झडप हुदाँ ८ जना घाइते, घेराबन्दी गरेर प्रहरीद्धारा लाठी चार्ज


 

 

माधव बराल
पोखरा, १६ साउन-
कास्कीको निर्मलपोखरी गाविसस्थित दवार केसरी घाटको विषयमा विवादमा भएको झडपमा ८ जना स्थानीयबासी घाइते भएका छन् । सेतीनदीस्थित उक्तघाटबाट गिटी बालुवा निकाल्दा व्यक्तिको जमीन कटान भएको र आमा समुहले बनाएका मठ, मन्दिर लगायत सार्वजनिक संरचना पनि जोखिममा परेको भन्दै घाट बन्द गर्न स्थानीयबासीले गरेको मागलाई वेवास्ता गर्दै जिल्ला विकास समितिले ठेक्का स्वीकृत गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।
जिविसबाट ठेक्का पाएका व्यत्तिले आज घाटबाट गिटी, बालुवा निकाल्न खोजीपछि स्थानीयले अवरोध गर्न खोज्दा, ठेकदारले केटा लगाएर आफुहरुलाई कुटपटि परेको आरोप समाज सुधार आमा समुहकी अध्यक्ष रमादेवी आचार्यले लगाउनुभयो । उहाँले घाट बन्द गर्न विगत तीन वर्षदेखि आग्रह गर्दा पनि जिविसले नसुनेको र गत असार ६ गतेपनि सर्वदलीय निर्णय गरेर त्यसलाई बन्द गर्न जिविसलाई भन्दा पनि अटेर गरी ठेक्कामा दिएको भनाइ उहाँको थियो ।यसअघि गाविसको कार्यालयले पनि घाट बन्द गर्नको लागि जिविसलाई अनुरोध गरेको थियो । जिविसको निर्देशनमा ठेकदारले केटा लगाएर महिला माथि कुटपिट गरेको आरोप स्थानीयबासीको छ ।
घटनामा ७६ वर्षिय ईन्द्रबहादुर अधिकारी, ६० वर्षिया पुर्णमाया नेपाली, ३१ वर्षिया चन्द्र नेपाली, ३० बर्षिया बाटुली नेपाली, ३० बर्षिया शर्मिला भट्टराई, ४८ वर्षिय रमादेवी आचार्य र ४३ वर्षिय हरिकृष्ण आचार्य घाइते भएको प्रहरीले बताएको छ । उनीहरु करिव चार घण्टा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्केका छन् । बाहिर चोट नभएपनि शरीर थिलथिलीएको बताएका छन् ।
घाटमा ठेकदार पक्षसँग झडप भएपछि आक्रोशित बनेका स्थानीयबासी दिउँसो जिविस कार्यालयमा धर्ना दिन पुगेका थिए । धर्नामा बसेका स्गानीयबासीमाथि प्रहरीले लाठी चार्ज गर्दा प्रकाश पौडेल घाइते भएका छन् ।उनको टाउको चोट लागेको छ । जिविसको सानो हलमा समिक्षा बैठक चलिरहेको अवस्थामा स्थानीयबासीले टोडफोडको प्रयास गरेपछि सामान्य बल प्रयोग गरेको प्रहरीको भनाई छ ।स्थानीयबासीको हातपातबाट योजना अधिकृत निसानराज गौतमको सर्टको दाहिने बाउला समेत च्यातिएको छ ।जिविसका एक कर्मचारीका अनुसार आक्रोशित बनेका स्थानीयबासीले हलमा रहेको ल्यापटप, प्रोजेक्टर लागतयका समान तोडफोड गरेका थिए ।
प्रहरीले जिविसको परिसरमा धर्नामा बसेका स्थानीयबासी माथि अन्धाधुन्ध लाठी प्रहार गरेको थियो । वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीको नेतृत्वमा खटिएको प्रहरीले मानवीयता विर्सेर अन्धाधन्द लाठी प्रहार गरेको थियो । प्रहरीmले प्रकाश पौडेलको टाउकोमा लाठी हानेको थियो । जिसिविसको मुख्य प्रवेदद्धारमा बन्द गरेर प्रहरीले लाठी चार्ज गरेको थियो ।
जिविसका योजना अधिकृत निशानराज पौडेलले प्रारम्भिक वातावरणी परिक्षण प्रतिवदेनले घाट संचालन गर्न सकिने देखाएकाले जिविसले ठेक्कामा दिएको बताउनुभयो ।उहाँले स्थानीयबासीले अवरोध गर्न खोज, विवाद नगर्न ठेकदार भनेको पनि दावी गर्नुभयो ।‘घाटमा ठेकदार पक्ष र स्थानीयबासीबीच के भयो,मलाइृ थाहा छैन,’तर, हामीले ठेकदारलाई स्थानीयबासीले अवरोध गरेर आफुले समन्यग गर्ने भनेको थियौं ।’उक्त घाटबाट गिटी बालुवा निकाल्न, जिविसले प्रेम मल्ल लगायतको टिमलाई ७ लाखमा ठेक्दा दिएको हो ।
स्थानीयबासीले शुक्रबार साँझ सम्म जिविसमा धर्ना दिएका थिए । उनीहरुले आफुहरुलाई कुटपिट गर्नेलाई कारवाहीको माग समेत गरेका छन् । प्रहरीले ठेकदार पक्षको एक जनालाई प्रक्राउ गरेको बताएपनि नाम भने भनेको छैन । घाटको बारेमा समस्या देखिएपछि शनिबार गाविस स्तरीय जानीतिक संयन्त्रको बैठक बस्ने भएको छ भने जिविसले पनि त्यसबार दलहरुसँग लगायत सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ ।