निर्धारित मितिमा निर्वाचन नभए देश द्वन्द्व जान्छ : बस्नेत


काठमाण्डौ –  पूर्व उद्योग मन्त्री तथा नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए देश द्वन्द्व जाने बताएका छन्।

शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा उनले  वाम गठबन्धनबाट सरकार अत्तालिएर निर्वाचन रोकिए देश द्वन्द्वमा जाने खतरा रहेको स्पष्ट पारे। उनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि देश आर्थिक संमृद्धिमा जान लागेको बेला मतपत्रको विवाद निकालेर निर्वाचन रोक्न नहुने बताए।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा भक्तपुरमा नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं. २ प्रदेशसभातर्फ सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्र जित्ने दाबी गरे। उनले मध्यपुर थिमीमा एमाले र काँग्रेको कडा प्रतिस्पर्धा हुने दाबी गरे।

आफू प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएपछि भक्तपुरलाई संमृद्धि बनाउने योजना आफूसँग भएको चर्चा गर्दै बस्नेतले भारी मतले आफू निर्वाचन जित्नेमा सबैलाई विश्वस्त हुन आग्रह गरे।