सुजुकी मोटरसाइकलको शोरुम पोखरामा खुल्यो


पोखरा – सुजुकी मोटरसाइकलको शोरुम पोखरामा खुलेको छ। आयातकर्ता भिजी अटोमोवाइल्सको पोखराका लागि आधिकारिक विक्रेता हिमालय अटो वर्ल्डले शुक्रबार देखि नयाँ शोरुम संचालनमा ल्याएको हो।

उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष विश्व शंकर पालिखेले नयाँ शोरुमको उदघाटन गरेका थिए। हिमालय अटो वर्ल्ड आफैमा सफल, प्रतिष्ठित संस्था रहेको बताउँदै उनले कम्पनीले सुजुकीका मोटरसाइकल तथा स्कुटरको विक्रि र सेवालाई चुस्त पार्नेमा आफु विश्वस्त रहेको बताए।

सुजुकी ब्राण्ड विश्व विख्यात कम्पनी तथा जापानिज ब्राण्डको विश्वसनियता हेरेर यस व्यवसायलाई पोखरामा भित्र्याएको हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापाले बताए।

प्रत्येक मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई ठाउँको ठाउँ फाइनाइन्स, एक्चेन्ज तथा विशेष छुटको सुविधा उपलब्ध गराइने हिमालय अटो वल्र्डकी प्रोप्राइटर मिलन थापाले बताइन्।