लेखनाथको पाहाडी भेकमा खानेपानीको माग


लेखनाथ १६साउन

लेखनाथ नगरपालीकाको पाहाडी भेकका उपभोक्ताहरुले सर्व सुलभ तरिकाले खानेपानीको आपुर्र्तीका लागि लेखनाथ नगरपालीका र साना सहरी खानेपानी आयोजनालाई आग्रह गरेका छन् ।

नगरपालीका भएको १७वर्ष वितीसक्दा पनि पाहाडी वडा ४,५,६,९ ,१०र ११का उपभोक्ताहरुले खानेपानीको समस्या भोग्दै आएको अवस्थालाई मध्यनजर राख्दै त्यस क्षेत्रका उपभोक्ताहरुले पाहाडी भु भागका लागि वैकल्पीक उपायवाट खानेपानी आपुर्तीका लागि सम्वन्धित निकायमा माग गरेका छन् ।

यसै सो क्षेत्रका उपभोक्ताले लेखनाथ नगरपालीका कार्यकारी अधिकृत रामचन्द्र पौडेल,लेखनाथ साना सहरी खानेपानी आयोजना उपभोक्त सस्थाका अध्यक्ष वोधराज लामीछाने र नगर स्थरीय राजनितीका दलका प्रतिनीधिहरुलाई वोलाई आफनो क्षेत्रमा भेग्दै आएको खानेपानीको समस्याका वारेमा जानकारी गराएका हन् ।

सामाजीक कार्यकर्ता नवराज ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा पाहाडी भेकमा देखिएको खानेपानीको समस्याका वारेमा मनोहरी ढुगानाले कार्यपत्र पस्तुत गरेका थिए भने नेपाली काग्रेस लेखनाथ नगरसमितीका सभापति राजेन्द्रमणि लामीछाने,नेकपा एमालेका नगर अध्यक्ष मोहन गुरुङ,एकिकृत नेकपा माओवादीका बिनय थापाले बिकास भनेको खानेपानी ,वाटो र विजुली भएकाले यसलाई प्रथामीकतामा पारी आगामी कार्यकालमा नयाँ स्रोतको खोजी गरि खानेपानीको उचित व्यवस्था मिलाएनु पर्ने आवस्यकता माथी जोड दिएका थिए ।

स्थानीय मेगराज भण्डारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पोष्ठराज ढुगानाले गरेका थिए ।