नहरमा डुबेर एक वालकको ज्यान गयो


पोखरा १६, साउन

लेखनाथ नगरपालिका अघौचोकको नहरले बगाएर विहिबार एक बालकको ज्यान गएको छ ।

झापा घर भई हाल लेखनाथ अघौ बस्दै आएका ९ बर्षीय शुदर्शन सोम्वान्तेको खेल्ने क्रममा नहरमा परी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विहिबार दिउसो खेल्ने क्रममा नहरमा परेपछि उनलाई तत्कालै उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको उनका आफन्तले जनाएका छन । शव पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले जनाकारी दिनुभयो ।