मोदीको सूचीमा ज्ञानेन्द्र र वैद्य अटाएनन्


काठमाडौ, १६ साउन –

आगामि आईतवारबाट हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तालिकामा पूर्व राजा ज्ञानेन्द्र र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणसँगको भेटवार्ता अटाउन सकेन ।


राजवादीहरुले मोदीले आफ्नो नेपाल भ्रमणमा पूर्व राष्ट्रप्रमुखको हैसियतले पूर्व राजा ज्ञानेन्द्रसँग भेटवार्ता गर्नु पर्ने लविङ गरे पनि नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र आईसकेको अवस्थामा हिन्दुवादी भनेर चिनिएका प्रधानमन्त्री मोदीले भेट्दा अर्कै संदेश जाने भएकोले भेटवार्ताको सूचिमा ज्ञानेन्द्रलाई नराखिएको स्रोतले बताएको छ ।


त्यसैगरी नेपाल भारतवीचको जलस्रोत सम्झौताको विरोध गरिरहेको नेकपा–माओवादीसँग स्वयम मोदीले भेट्न चाहेका छैन । तर मोहन बैद्य र सीपी गजुरेलले भने आफू भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्न ईच्छुक रहेको भन्दै आफूहरु भारत विरोध नभएको प्रतितिक्रिया दिएका छन ।

तर मोदी अहिले कसैसँग भेटेर राजनीतिमा विवाद उत्पन्न गर्न नचाहने मनस्थितिमा रहेकोले उनले राष्ट्रपति डा रामबरण यादव, प्रधानमन्त्री सुशिल कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, पूर्व प्रधानमन्त्रीहरु र केही प्रमुख दलका शिर्ष नेताहरुलाई मात्र भेट्ने योजना बनाएका छन ।


नेपाल भ्रमणमा आउने वित्तिकै मोदीले परराष्ट्रमन्त्री पाण्डेसँग आफू बसेकै हायात होटलमा भेटवार्ता गर्ने छन । सो क्रममा उनले नेपालको तयारी, कार्यतालिका र ऐजण्डा लगायतको विषयमा व्रिफिङ लिने छन ।