अख्तियारद्वारा पोखरा विश्वविद्यालयमा छानविन सुरु


पोखरा, १६ साउन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विश्वविद्यालयसँग सम्वन्धित विभिन्न उजुरीहरुको सम्वन्धमा छानविन सुरु गरेको छ ।

आयोगका प्रहरी निरीक्षक सुवास पण्डीतको नेतृत्वमा खटिएको टोलीले सार्वजनिक निर्माण कार्य, खरिद प्रकृया, विश्व विद्यालयले दिएको सम्वन्धन तथा आर्थिक प्रशासन लगायतका विभिन्न उजुरीको सम्वन्धमा छानविन तथा अनुसन्धान गरिरहेको आयोगका पोखरा कार्यालयका प्रवक्ता सरीताकुमारी खतिवडाले जानकारी दिनुभयो ।

पण्डीतको नेतृत्वमा रहेको छानविन टोलीमा आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रतिनिधीहरु, सहरी विकास भवन निर्माण कार्यालय पोखराका इन्जिनियर, त्रि.बि. चिकित्सा शात्र अध्ययन संस्थान, पोखरा क्याम्पस, रामघाटका लेखा अधिकृत लगायतको टोलीले छानविन तथा आवश्यक आवश्यक कारवाही अगाडि बढाएको छ ।