जवरजस्ती करणी गर्न खोज्ने पक्राउ


पोखरा, १६ साउन

आफ्नै भान्जी नाता पर्ने १५ वर्षीय किशोरीलाइ जवरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कास्कीको घाचोक गाविस वडा नम्बर ५ बस्ने ४० वर्षिय भिमबहादुर नेपालीलाई पक्राउ गरेको हो ।

गत मंगलबार राती किशोरी सुतिरहेको अवस्थामा मुखथुनी जर्वजस्ती करणी गर्ने प्रयास गरेपछि किशोरीले प्रतिकारमा नेपालीकोको औंला टोकि चिच्याउँदै भागेका थिए । घटनापछि फरार भएका नेपालीलाई बुधबार हेम्जाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।

नेपालीलाई जर्वजस्ती करणी उद्योग मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक केदार रजौरेले बताउनुभयो ।