पौडी पोखरीमा डुबेर विद्यार्थीको मृत्यु भएको घट्नामा सहमति


पोखरा १६, साउन

पोखरासँगै जोडिएको हेमजा गाविसमा रहेको पेनगुईन पौडी पोखरीमा बुधबार डुबेर मृत्यु भएका निरज रानाभाटका आफन्त र व्यवस्थापन पक्षबीच सहमति जुटेको छ । पीडित परिवारले घटना शंकाष्पद भएको भन्दै घटनाको छानविन गर्न माग गरेका थिए ।

घट्नाको अनुसन्धान गरी दोषीलाई कारवाही गर्ने र मृतकको नाममा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गर्ने सहमति भएको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीमा दुइ पक्ष बीच बार्ता भएको थियो ।

कास्की लेखनाथ ६ घर भई पोखरा काजीपोखरीमा भाडामा बस्दै आएका १९ बर्षीय निरज रानाभाटको डुबेर मृत्यु भएको थियो । तीन जना साथीभाई मिलेर गर्मी छल्न हेम्जाको पौडी पोखरीमा पुगेका थिए ।

रानाभाटसँगै पौडी खेलेका उनका मित आसीस भुजेलको अझै होस खुलेको छैन । उनको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ ।