नेपाल आइडल कन्सर्टका लागि बुद्ध लामासहित निशान र प्रताप पोखरामा


पोखरा– पोखरामा शनिबार हुन लागेको नेपाल आइडल कन्सर्टका लागि बुद्ध लामासहितका निशान भट्टराई र प्रताप दास पोखरा आइपुगका छन् ।

कन्सर्टमा सहभागी हुन नेपाल आइडल बुद्ध लामा र फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दाससहित उत्कृष्ट ८ प्रतिस्पर्धी पोखरा आइपुगेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । कन्सर्टमा सहभागी हुन नेपाल आइडलको साथमा गायिका सन्ध्या जोशी पोखरा पुगेकी छन् ।

नेपाल आइडलको ग्राण्ड फिनालेपछि राष्ट्रियस्तरमा कन्सर्ट हुन लागेको यो पहिलोपटक हो । पोखराको कन्सर्टलाई लिएर आफूहरु आशाबादी रहेको र नेपाल आइडलप्रति दर्शकमा देखिएको क्रेजले उत्साहित भएको आयोजक कम्पनी मुन्टेज इन्टरनेशनलका प्रबन्ध निर्देशक रोशन पराजुलीले बताए । नेपाल आइडलको विजेता बुद्ध लामा नै पोखराको भएकोले पोखरेली दर्शकको साथ अझै बढी पाउने आयोजकको विश्वास छ ।

नेपाल आइडल भएपछि पहिलोपटक आफ्नो गृहनगरमा हुन लागेको कन्सर्टलाई लिएर विजेता बनेका बुद्ध लामा पनि निकै उत्साहित देखिएका छन् ।

नेपाल आइडल फस्ट रनरअप निशान भट्टराई, सेकेन्ड रनरअप प्रताप दास र उत्कृष्ट ८ प्रतिस्पर्धी सन्ध्या जोशीले पनि पोखराको कन्सर्टलाई लिएर निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । मुन्टेज इन्टरनेशनलले पोखरासँगै यो कन्सर्ट उर्लाबारीमा  समेत गर्ने जनाएको छ । असोज ३० गते उर्लाबारीमा नेपाल आइडल कन्सर्ट हुनेछ ।

त्यस्तै ‘नेपाल आइडल, वल्र्ड टुर’को क्रममा नोभेम्बर ३, ४, ५ र १२ तारिखमा यूकेका विभिन्न शहरहरुमा पनि यो कम्पनीले नेपाल आइडलको कन्सर्ट आयोजना गर्दैछ ।