पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सन्चालन गर्ने


पोखरा –  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सन्चालन गर्न आवश्यक तयारी कार्य प्रारम्भ गर्नको लागि सैद्धान्तिक सहमति लिएको छ ।प्रतिष्ठानको आज​ सम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सन्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रम सहितको वार्षिक बजेट पारित गरेको हो ।बैठकमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको नीति अनुसार यसको स्थापना भएको बताए ।

उनले प्रतिष्ठानको उद्देश्यअनुसार जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवाको पहुँच पु¥याउन, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानमा उल्लेख्य भूमिका निर्वाह गर्न निर्देशन दिए ।प्रतिष्ठानले स्थापनाकालदेखि नै जनतालाई सहज र प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउँदै आएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आगामी दिनमा थप नयाँ कार्यक्रम सन्चालन गर्न र लागू भएका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गरे । मुलुक संघीयतामा गइसकेपछि हरेक प्रदेशमा सरकारी स्तरमा मेडिकल कलेज स्थापना गर्ने नीति अनुरुप पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई २०७२ माघ १२ गते ऐनअनुसार प्रतिष्ठानका रुपमा अघि बढाइएको हो ।

स्व.मेजर वीरसिंह गुरुङले २०१३ सालमा केही दाताको सहयोगमा प्रथम र द्वितीय विश्वयुद्धमा ज्यान गुमाएका र हराएका नेपाली सिपाइको सम्झनामा यस अस्पतालको स्थापना गरेका हुन् ।विसं २०१९ मा सरकारलाई हस्तान्तरण भएको यो अस्पताल हाल ५०० श्यैय्या सहित सन्चालनमा भइरहेको पश्चिमाञ्चल क्षेत्रको सबैभन्दा ठूलो सरकारी अस्पताल हो ।बैठकमा प्रतिष्ठानका सहकूलपति रहेका स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानले मौलिक अधिकारका रुपमा व्यवस्था गरेको स्वास्थ्य सेवालाई गुणस्तरीय र सहज पहुँच योग्य बनाउन निर्देशन दिए ।

मन्त्री पोखरेलले प्रतिष्ठानको दीर्घकालीन गुरुयोजना बनाई अघि बढाउनुपर्ने बताउँदै प्रतिष्ठानले दुरदराजका जनतालाई समेत प्रत्याभूत हुने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।बैठकले प्रस्तावमा आवश्यक गृहकार्य गरी पारित गर्न उपकुलपति प्रा.डा.बुिद्धबहादुर थापाको संयोजकत्वमा प्रतिष्ठानका डिन डा.नरेन्द्रविक्रम गुरुङ र निर्देशक डा.अर्जुन आचार्य सदस्य रहेको कार्यदल गठन गरेको छ ।