जनताको चाहना र देशको आवश्यता अनुसार बाम तालमेल र एकता


पोखरा – पूर्वमन्त्री एवं एमाले नेता खगराज अधिकारीले देशलाई राजनीतिक स्थायित्व दिदै आर्थिक समृद्धिको बाटोमा अगाडी बढाउन बाम तालमेल र एकता गरिएको बताएका छन् । युवा संघ नेपाल पोखरा लेखनाथ महानगर संगठन कमिटिले शुक्रबार पोखरामा आयोजना गरेको अगुवा युवा भेला एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता अधिकारीले नेपाली जनताको आकाङक्षालाई पुरा गदै समुन्त नेपाल निर्माणका लागी बाम एकता गरिएको बताए ।

जनताको चाहना र देशको आवश्यता अनुसार बाम तालमेल र एकता गरिएको बताउदै सवैले आफनो स्वार्थ भन्दा जनता र देशको स्वार्थलाई आत्मसाथ गर्नुपर्ने बताए । राजनीतिमा ब्यक्तिगत भन्दा देश र जनताप्रतिको स्वार्थ ठूलो हुन्छ, त्यसैले सवैले ब्यक्तिगत स्वार्थ ल्याग्नुपर्छ उनले भने । उनले मंसिरमा हुने प्रदेश र संघको निवाचनमा बाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

युवाहरुको भुमिका महत्वपूर्ण हुन्छ, त्यसैले आगामी निवाचनको तयारी सुरु गर्नुपर्छ उनले भने ।एमाले निवाचन कमिटि कास्कीका अध्यक्ष टिकाराम पंगेनीले आगामी निवाचनमा बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवाहरु लाग्नुपर्ने बताए । युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले माओबादी केन्द्रलाई साथमा लिएर काँग्रेसलाई पत्ता साथ बनाउन नसके फेरी नेपाल र नेपाली जनताले दुःख पाउने बताए । उनले प्रदेश र संघको निवाचनमा धपधप सूर्य बाल्दै बुढो रुखलाई ढाल्न आवश्यक रहेको बताउदै आजै देखि आआफनो क्षेत्रमा खटिन युवाहरुलाई आग्रह गरे ।

पोखरा लेखनाथ महानगर संगठन कमिटिका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाँउपालिका प्रमुख नवराज ओझा, एमाले जिल्ला कमिटि सदस्य शंकरनाथ पौडेल, उमा कोइराला, युवा संघ क्षेत्र नम्वर एकका संयोजक रामचन्द्र तिमिल्सिना, क्षेत्र नम्वर दुईका संयोजक किसान सुनार, महानगर संगठन कमिटि महिला विभाग प्रमुख सरु श्रेष्ठ, कृष्णप्रसाद अधिकारी लगायतले आगामी निवाचन र युवा संघका बारेमा बोलेका थिए ।