अनेसास स्पेन च्याप्टर गठन,अध्यक्षमा शारदा पौडेल


बार्सिलोना/ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्पेन च्याप्टर गठन भएको छ। नेपाली साहित्य प्रति रुचि राख्ने साहित्यप्रेमिहरुको शनिबार म्याड्रिडमा सम्पन्न एक भेलावाट शारदा पौडेलको अध्यक्षतामा स्पेन च्याप्टर गठन भएको हो।

भेलाले संरक्षकमा रामकृष्ण पुडासैनी,सचिव पार्वती ओली,कोषाध्यक्ष सविना पौडेल,सदस्यहरुमा जगन्नाथ डाँडा कटेरी,मन्दिरा कार्कीलाई चयन गरेको छ। यस्तै स्पेन च्याप्टरको सल्लाहकारमा लता पौडेल र हिमलाल गौतम रहेका छन्।
वार्षिक रुपमा ३–४ वटा साहित्यिक भेला गर्ने, साहित्यसम्बन्धी रचना प्रकाशित गर्ने,समितिमा रिक्त पदहरुलाई छिट्टै पूर्णता दिने निर्णय समेत भेलाले गरेको छ। यसपटकको लक्ष्मीप्रसाद जयन्तीका दिन स्पेनमा पहिलो साहित्यिक भेला गर्दै कार्यक्रम गर्ने तयारी थालिएको अध्यक्ष पौडेलले बताईन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युरोपका अध्यक्ष डा. रुपक श्रेष्ठको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो।