चलचित्र ‘म्याड लब’ को शुभमुहत


राजाराम पौडेल, पोखरा – राजु गिरीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘म्याड लब’ को शुभमुर्हत मंगलबार पोखरामा भयो । चाइनिज गु्रप र राजु गिरीको प्रोडक्सनको सहकार्यमा बन्ने चलचित्रको सांसद शारदा पौडेलले क्लाप गरेर पोखराको दि भिलेज रेष्टुरेन्टमा शुभमुहर्त गरेकी हुन् । शुभमुर्हत समारोहमा उपस्थित कलाकारलाई टेक लिन भन्दै अभिनय गर्न लगाइएपनि तहाँ क्यामेरा भने थिएन । चलचित्रमा सहकार्य गर्ने चाइनिज गु्रपको प्रतिनिधित्व पनि देखियन ।
३ करोड ५० लाख रुपैयाँमा निर्माण हुन लागेको चलचित्र कृष्ण बराल र ओङछु शेर्पाले निर्माणमा सघाएका छन् ।

चलचित्रको २५ प्रतिशत छायाकंन थाइल्याण्ड, ५० प्रतिशत छायाकंन सिंगापुर र २५ प्रतिशत छायाकंन अष्ट्रेलियामा हुनेछ । चलचित्र नेपालमा छायाकंन हुने छैन । कथाले मागेको लोकेसननै विदेशको भएकोले सबै छायाकंन विदेशमा गर्न लागेको निर्माण पक्षको भनाइ छ ।
चलचित्रमा नरेन्द्र आचार्य, चन्द्र दाहाल, एलिना रायमाझी, सुनिल परियार, जीवन पन्त, निशा पुरी, सुरवीर पण्डित र यादव देवकोटाको अभिनय रहनेछ । यसको अलावा अन्य कलाकार विदेशका रहने जनाइएको छ ।


चलचित्र पूर्ण रुपमा लभ स्टोरी रहेको निर्देशक गिरीले बताए । विदेश पढ्न गएका मान्छे कसरी बिग्रन्छन्, जिन्दगी कसरी चलाएका छन भन्ने कुरा चलचित्रमा देखाउन लागेको उनले प्रस्टाए । २० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर चलचित्र युनिट असोज ३० गते थाइल्याण्ड प्रस्थान गर्नेछ । ‘चलचित्रको सम्पूर्ण सुटिङ विदेशमै गरिनेछ,’ गिरीले भने, ‘पहिलो पटक चाइनिज गुप्रसँग सहकार्य भएको छ । मेरो पहिलाको चलचित्रमा भन्दा बढी मेहनत गर्नेछु ।’ विदेशका आर्कषण दृश्यलाई पर्दामा उतारेर राम्रो फिल्म दर्शकमाझ पस्कने जमर्को गर्ने उनले बताए ।


पियोल च्याङ्ग र बाबु गिरीको संगीत रहेको फिल्मलाई म्यान च्याङ येय चाउले खिच्नेछन् । कृष्ण खरालको कथा÷पटकथा रहेको चलचित्रमा जेनिश विसीको नृत्य रहनेछ । खरालले पाँचवर्ष अगाडी तयार पारेको स्क्रिप्टमा चलचित्र निर्माण गर्न लागेको बताए । चलचित्रमा माया प्रेम र पैसाको सम्बन्धलाई देखाउने बताइएको छ । कार्यक्रम चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भएको हो ।