वार्षिकउत्सवको अवसरमा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण


पोखरा, १४ साउन

कास्की फाईनान्स लि.को ७ औ वार्षिकउत्सवको अवसरमा मातृशिशु मितेरी अस्पताल (पोखरा कोमागाने) पोखरा १६ बाटुलेचौरलाई स्वास्थ्य सामाग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरियो ।

फाईनान्सको संचालकको तर्फबाट डम्बरकुमारी गुरुङ्गले अस्पतालकी मेडिकल सुपरिन्टेण्डेन्ट डा. छममाया पुनलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

सो कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिन्टेण्डेन्ट डा. पुनले स्वागत तथा अस्पतालले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रकाश पार्नु हुदै कास्की फाईनान्सले अस्पताल निर्माण देखि हालसम्म गरेको सहयोगको लागी धन्यबाद व्यक्त गर्नुभयो ।

फाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले अस्पताल संचालन हुनु भन्दा पहिला देखि नै अस्पताललाई फाईनान्सले सहयोग गर्दे आएको र यस सम्बन्धलाई अझ प्रगाढ बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका अस्पताल संचालक समितिका उपाध्यक्ष दान बहादुर बानियाले धन्यबाद ज्ञापन गर्दे अस्पताल संचालन गर्नको लागी सवै जनाको सहयोगको खाचो रहेको कुरा राख्नुभयो भने अस्पतालको प्रचार प्रसारको लागी आ–आफ्नो क्षेत्रबाट सवै जना लाग्नुपर्नेमा जोड दिनुभयो ।