पौडी पोखरीमा डुबेर लेखनाथका रानाभाटको मृत्यु


पोखरा १४, साउन

कास्कीसंगै जोडिएको हेमजा गाविसमा पर्ने पेनगुईन पौडी पोखरीमा डुबेर एक बिद्यार्थीको मृत्यु भएको छ ।

कास्की लेखनाथ ६ घर भई अस्थाई रुपमा पोखरा काजीपोखरीमा भाडामा बस्दै आएका १९ बर्षीय निरज रानाभाटको डुबेर मृत्यु भएको कास्कीका प्रहरी नायव उपरिक्षक डीएसपी केदार रजौरेले बताए । उनीहरु तीन जना साथीभाई मिलेर गर्मीछल्न हेजाको पौडी पोखरीमा पुगेको रजौरेले जनाए ।

राम्रोसंग पौडी खेल्न जान्ने गरेका उनी गहिरो ठाँउमा र अन्य दुई साथे कम गहिरोमा पौडी खेल्दै गर्दा एक छिन पछि रानाभाटलाई नदेख पछि खोज्ने क्रममा अन्य पौडीने व्यक्तिहरुले डुवेको देखे पछि पेनगुईनका सुरक्षा गार्डले उनलाई पानीको सहतबाट निकालेका हुन । आफुहरु राम्रोसंग पौडी खेल्न नजानेका कारण कम गहिरोमा पौडी खेल्दै गर्दा आफ्नो साथे पोखरीमा डेबेको रानाभाटका साथे अमृत भुजेलले बताए । भुजेलसंगै पौडी खेलेका रानाभाटका मित आसीस भुजेल भने आफ्नो मितको अबस्था देखेर वेहोस भएका थिए ।

उनको फिस्टेल अस्पतालमा उपचार भईरहेको छ । बुधबार १२ः३० बजेको समयमा घटेको उक्त घटना पछि उनको उपचारको लागि फिस्टेल हस्पिटलमा लगिएको थियो । उनको शव हाल पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । उक्त पौडी पोखरी ८ फिट गहिरो रहेको जनाइएको छ ।

धेरै दिन अघि देखि आफुहरु पौडीन जाने योजना हुदा हुदै आज विहान १० बजे काजीपोखरीबाट हेजमा हिडेको र १२ बजेदेखि पौडीन थालेको पौडेको करीब १० मिनेटमा आफ्नो साथेलाई नदेखे पछि खोजि गरीएको अमृतले बताए ।

पौडी पोखरीमा पौडीदै गर्दा मृत्यु भएको घटना शंकास्पद भएको मृतकका घरधनि धुर्व कुवंरले बताए । उनले भने “पौडी पोखरीको व्याबस्थापन कमजोरिका कारण आज एक बिद्यार्थीहरुको मृत्यु भयो भोलि यो घटना नदोहोरीयोस ।”