अनाथ बालबालिकाको सहयोगार्थ कविता बाचन


पोखरा, १४ साउन

अनाथ बालबालिकाको शिक्षाको सहयोगार्थ आगामी साउन २३ गते पोखरामा साहित्यकार ठाकुरप्रसाद त्रिपाठीको एकल कविता बाचन कार्यक्रम हुने भएको छ ।

सम्पदा कला मन्दिर पोखराको आयोजनामा हुने कार्यक्रममा बचेको रकमबाट अक्षयकोष खडा गरी अनाथ बालबालिका छात्रबृत्ति प्रदान गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष देशभक्त सिंह कुँवरले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कार्यक्रममा साहित्यकार त्रिपाठीको खण्डकाव्य अन्र्तनाद पुस्तकको विमोचन गरिनेछ ।कास्कीको कास्कीकोट गाविसका त्रिपाठीले करिव दुई घण्टसम्म छन्दवद्ध र रागमा कविता बाचन गर्नुहुनेछ । कार्यक्रममा केही प्रकाशित र अप्रकाशित कविता बाचन गर्ने कवि त्रिपाठीले बताउनुभयो ।कविता बाचन कार्यक्रममा टिकटको व्यवस्था गरिएको छ भने कार्यक्रम साइमन पार्टी प्यालेसमा हुनेछ ।

संस्थाले यसअघि विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्नुका साथै विविधि साँस्कृतिक कार्यक्रम गर्दै आएको छ ।