पि.सी.एल नर्सिङ्ग तथा डिप्लोमा तहको परिक्षाको नतिजा प्रकाशन


पोखरा, १४ साउन

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर (सिटीभिटी) ले यहि साउन १० गते लिएको पि.सी.एल नर्सिङ्ग तथा डिप्लोमा विभिन्न तहका पूर्ण शुल्कीय विषयहरुको नतिजा प्रकाशन गरेको छ ।

परिषद्ले अमरसिंह उच्च मा.वि, छोरेपाटन उच्च मा.वि पोखरा तथा रुद्रपिपल उच्च मा.वि बाग्लुङ्ग परिक्षा केन्द्रमा लिएका पि.सी.एल नर्सिङ्ग तथा डिप्लोमा विभिन्न तहका पूर्ण शुल्कीय विषयहरुको नतिजा प्रकाशन गरेको हो ।

जसमा ९सय ८३ जना मध्ये ८सय ८३ जना उर्तिण भएका छन् । पि.सी.एल नर्सिङ्गमा ४ सय ४० जनाले प्रवेश परिक्षा दिएकोमा ४ सय १० जना उर्ति(ा हुन सफल भएका छन् । उर्तिण हुनेहरुले ७ वटा संस्थाहरुमा ४० जनाका दरले अध्ययन गर्ने अवसर पाउने छन् ।

त्यसरी नै सबैभन्दा बढी १ सय ५० जना फार्मेसीमा परिक्षा दिएकोमा १ सय २० जना उर्तिण भएका छन् भने अध्ययन गर्ने अवसर जम्मा ४० जनाको हुने छ । नतिजा प्रकाशन भर्ना सम्बन्धि विस्तृत जानकारीको लागि सम्बन्धित संस्थामा नै सम्पर्क गर्न परिषद्ले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।