रेडियो अन्नपूर्णका बरिष्ठ समाचार वाचक पौडेलमाथी आक्रमण


सन्देश श्रेष्ठ
पोखरा, १४ साउन
रेडियो अन्नपूर्णका वरिष्ठ समाचारवाचक शिशिर पौडेलमाथी गएराती आक्रमण भएको छ । राती १० बजेको समाचार वाचन गरेर गणेशटोल स्थित डेरामा फर्कदै गरेका पौडेललाई राती १० बजेर ५० मिनेटमा गैह्रापाटनस्थित नवीनस्कुल अगाडी आक्रमण भएको हो ।

हेलमेट लगाएको २ जनाले यति राती कहाँ हिँडेको ? भन्दै कुटपीट गर्न थालेको र आफूले गुहार माग्न थालेपछि उनीहरु भागेको पौडेलले जानकारी दिनुभयो । सेतो सर्ट लगाएको एक जना अग्लो कदको व्यक्ति र हेलमेट लगाएको एक जनाले आफूमाथी आक्रमण गरेको पौडेले बताउनुभयो ।

आक्रमण भएलगत्तै पौडेलले प्रहरीलाई राती नै खबर दिनुभएको थियो । आक्रमणको प्रतिकार गर्नुका साथै गुहार माग्न शुरु गरेपछि उनीहरु भागेकाले आफूलाई चोटपटक भने नलागेको पौडेलले जानकारी दिनुभयो । पौडेल अहिले सामान्य अवस्थामा हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यकारिणी सदस्य समेत रहेका पौडेलमाथी भएको आक्रमणको रेडियो अन्नपूर्णले भत्र्सना गरेको छ । रेडियोले दोषीलाई पक्राउ गरी कारवाहीगर्न प्रशासनसँग माग गरेको छ ।