पत्रकार पौडेलमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण


पोखरा, १४ साउन

पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य तथा रेडियो अन्नर्पूणका बरिष्ठ समाचार बाचक शिशिर पौडेलमाथि भएको आक्रमणको पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।

पत्रकार महासंघ कास्कीका सहसचिव कृपा भण्डारीले जारी गरेकोे विज्ञप्तिमा मंगलबार राती करिब पौने ११ बजे कार्यालयको काम सकि निवासतर्फ जाने क्रममा अज्ञात समुहले गरेको आक्रमणको घोर निन्दा र भत्र्सना गरिएको छ ।

गणेशटोलतर्फ जाँदै गर्दा गैह्रापाटनस्थित नविन उच्च मावि नजिकै दुई जनाको समुहले विना कुनै कारण निधारमा चोट पर्ने गरी भएको आक्रमणको पत्रकार महासंघ कास्कीले घोर भत्र्सना गरेको छ ं ।

संघले जिल्ला प्रहरी कार्यालयबाट करिब २ सय मिटरको दुरीमा पत्रकार पौडेलमाथि भएको आक्रमणले सुरक्षा ब्यवस्थामाथिको चुनौतीलाई छर्लङग पारेको जनाएको छ ।

पत्रकार महासंघ कास्कीले पत्रकार पौडेलको स्वास्थ्य सुधारको कामना गर्र्दै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्न जोडदार माग गरेको छ ।