पोखरामा दैनिक जसो ५० हजार किलो मासु खपत प्रतिकेजी कुखुराको मासुमा २० रुपैया घट्यो


दिननाथ बराल
पोखरा १४, साउन

कास्कीमा कुखुराको मासुमा प्रति केजी २० रुपैया घटेको छ । साउन महिनामा कुखुराको मासु खाने उपभोक्ता केहि कमि भएको र मासु उत्पादन बढी भएकोले मुल्य घटेको कास्की खसि तथा कुखुरा मासु व्याससायी संघका प्रवक्ता गोविन्द तिवारीले बताए । हाल पोखरामा प्रतिकेजी कुखुराको मासुको मुल्य ३ सय ८० रुपैया कायम रहेको छ । साउन १३ गते मंगलबारबाट कायम हुने गरी प्रति केजीमा २० रुपैया मुल्य घटेको तिवारीले जनाए । यस अघि कास्कीमा प्रतिकेजी कुखुराको मासु ४ सय रुपैया रहेको थियो । होल चिकेनको मुल्य भने ३ सय ६० रहेको प्रवक्ता तिवारीले बताए ।

कास्की खसि तथा कुखुरा मासु व्याससायी संघका प्रवक्ता गोविन्द तिवारीले कास्कीमा दैनिक जसो ६० हजार किलो कुखुराको मासुको माग रहेको दाबी गरे । कास्कीमा पछिल्लो क्रममा कुखुराको चल्ला मर्ने समस्याले कम उत्पादन भएकोले माग पुरा गर्न बाहिरि जिल्लाबाट केहिले काँही ल्याउने गरेको उनले बताए । पोखरा क्षेत्रमा भने दैनिकजसो कुखुराको ४० हजार किलो मासु खपत हुने गरेको बताए देशका अन्य ठाँउको मुल्यको दाजोमा कुखुराको मुल्य उच्च हो । कुखुराको घाँटी, टाउको, खुट्टा लगायतका भाग छुट्टाएर तयारी मासु दिने भएकोले अन्य क्षेत्रको तुलनामा पोखरामा मासुको मुल्यमा केहि मङगो भएको उनले बताए । कास्कीमा संघसंग आवद्ध भएका ६ सय २३ वटा मासु पसलहरु रहे पनि ४ सयको हाराहारीमा अझै संघ भन्दा बाहिर रहेको तिवारीले जनाए । राजश्व छल्ने प्रबृक्ति, दिगो व्यावसाय गर्ने सोचको कमि आदि कारणले अझै पनि ती व्यवासायीहरु करको दायरामा नआएको समेत उनले दाबी गरे ।

पर्यटकीय नगरी पोखरामा दैनिक जसो ५० हजार किलोग्राम मासु खपत हुने गरेको छ । पोखरा क्षेत्रमा दैनिक जसो करीब ४० हजार कुखुरा, ६ हजार राँगा, भैसी र ४ हजार केजी खसि वोकाको मासु विक्रि हुने गरेको व्यावसायिहरु बताउछन । कुखुरा अधिकाशं कास्कीमा उत्पादन हुने गरेको छ , खसि वोका अधिकाश भारतबाट आयात हुने गरेको छ भने राँगा भैसी भने पश्चिम नेपालका विभिन्न जिल्लाबाट आउने गरेको छ ।

कास्की खसि वोका व्यावसायी संघका अध्यक्ष गोकर्ण भण्डारीले पोखरा क्षेत्रमा दैनिक जसो २ सय वटा खसि वोका विक्रि हुने गरेको बताए । पोखरामा खपत हुने करीब ७० प्रतिशत खसि वोका भारतबाट आउने गरेको समेत उनले बताए । दैनिक जसो पोखरा क्षेत्रमा खसि वोकाको मासु ५ हजार किलोग्राम विक्रि वितरण हुदै आएको भण्डारीले जनाए । जिउदो खसि वोकाको मुल्य प्रतिकेजी ३ सय ६० देखि ४ सय १० रहेको छ भने तयारी मासु ७ सय ७० देखि ८ सय सम्म रहेको उनले जनाए । पोखरामा स्वस्थ्छ मासु वितरण गर्न पोखरामा शध शाला आवश्यक भएको बताए ।

पोखरा मासु व्यावसायि संघका अध्यक्ष विकल शाहिले पोखरा क्षेत्रमा दैनिक जसो ५० वटा राँगा तथा भैसी खपत हुने गरेको जनाए । उपभोक्तहरु आफ्नो स्वास्थ्य प्रति सजग हुदै गएका कारण जनङख्या बृद्धिसंगै मासुको प्रयोग बढ्नुपर्नेमा खासै माग नबढेको शाहिले जनाए । पोखरामा जससम्म बधशाला निमार्ण हुदैन तवसम्म स्वास्थ्य मासु उपलब्ध नहुने उनले दाबी गरे । मासु राख्ने ठाँउ राम्रो मात्र भएर नभई मासु तयारी गर्दा नै बिषेश ध्यान दिनुपर्ने उनले जोड दिए । आफुहरुले धेरै बर्ष देखि पोखरामा वधशाला निमार्णको लागि स्थानिय निकायलाई घचघचाउदा हालसम्म कुनै पहल नगरेकोमा गुनासो समेत गरे ।