नेपाली जनसम्पर्क समिती स्पेनको अध्यक्षमा तिन जनाको दाबी


वसन्त रानाभाट, बार्सिलोना-

नेपाली जनसम्पर्क समिती स्पेनको चौथो अधिबेशन नजिकै गर्दा अबको नेतृत्व कसले हाक्ला भनेर सर्बत्र चर्चा चल्दै गर्दा अध्यक्षमा तिन जनाले दाबी गरेका छन् ।

समितिका बरिष्ट उपाध्यक्ष शालीकराम डुम्रे ,महामन्त्री बेदराम कडेल र सल्लाहकार बिष्णु रिजालले आगामी कार्यकालको अध्यक्ष पदका लागि यस्तो दाबी गरेका हुन् ।

नेपालीनेपाली डटकमसँग कुराकानी गर्दै ,बरिष्ट उपाध्यक्ष डुम्रेले भने ” अघिल्ला दूई अधिबेशन निर्बाचनमा भए , अब यसपालि सहमतिमा जाउ भन्दै मैले तेस्रो अधिबेशनमा अन्तिम समयमा अध्यक्ष छाडेको हु , दुई दुई पटक उपाध्यक्ष भए अब सहमति भए पनि निर्बाचन भए पनि म कुनै हालतमा छोड्दिन “। डुम्रेले भने नैतिकताका आधारमा पनि मैले नेतृत्व पाउनु पर्छ ।
पटक पटक त्याग नगर्ने बताउदै उनले आफ्नो जिबनको लामो अनुभवलाई प्रयोग गर्दै आगामी दिनमा अझ सस्थाको बृहत्तर हितमा लाग्ने बताएका छन् ।

तर समितिका महामन्त्री बनिसकेका कडेलले, स्पेनको सबै भन्दा जेष्ठ रहेको सस्थामा पटक पटक सस्थागत बिकासका लागी कुराहरु उठेता पनी केहि  हुन सकेको छैन भन्दै यसका लागि जोडदार माग गर्दै आएको र यसलाई पुरा गर्न आफु अध्यक्षमा इच्छुक भएको बताएका छन् । उनले भने “सामुहिक काममा एकता हुन सकिरहेका छैन त्यसलाई मैले पटक पटक उठाउने गरेको छु ,त्यसैले आगामी नेतृवको लागी सहमतिमा भए सहमतिमा नभए आफु निर्बाचनमा जान कुनै कसुर बाकी राख्ने छैन” ।
यता आफु स्पेन बसाईको शुरुवात  देखिनै जनसम्पर्क समिति स्पेनको सदस्य र सल्लाहकारमा रही काम  गरेको बताउदै रिजालले भने ” सस्थाको उदेस्य ,सिद्धान्त र कार्यशैलीमा एकरुपता ल्याई उजागर गर्दै समग्र स्पेन स्थित नेपालि संघ सस्थाहरुसंग सहकार्य , सहमतिको आधारलाई उच्चतम प्राथमिकताका साथ अघि बढाउनका लागि आफूले अध्यक्षको दाबा गरेको हु”। जनसम्पर्क समितिको सम्पर्क कार्यालय राखी सम्बन्धित आम समुदायमा दिनसकिने उच्चतम सेवालाई ब्यबस्थित गर्न आगामी कार्यकाल आफूले नेतृत्व गर्न पाउनु पर्ने रिजालको भनाई छ ।

तर तिनै जनाले भनेका छ्न,  हामी आपसी छलफलबाट सहमतिको प्रयास अन्तिम समय सम्म गर्ने छौ, यदि निर्बाचनमा जानु परे पनि सस्थालाई आच नपुर्याई स्वस्थ प्रतिस्पर्धामा लाग्ने बताएका छन् ।  साथै निर्बाचन कमिटीले बैधानीक रुपमा उमेम्दारी सार्बजनिक गरे पछि मात्र निर्बाचनको माहोलमा जाने प्रतिबद्दता व्यक्त गरेका छन् ।

नेपालीनेपाली डटकमसंगको कुराकानीको आधारमा बिस्लेश्ण गर्दा चौथो अधिबेशनबाट सर्बसहमत हुने सम्भाबना निकै न्यून रहेको छ। यसअघिको समितिको नियमित बैठकले पुष्पराज भण्डारीको संयोजकत्वमा बिनोद लामिछाने र नारायण पौडेल सदस्य रहने गरी तिन सदस्यीय निर्वाचन समिती समेत गठन गरिसकेको छ ।

नेपाली जनसम्पर्क समितिको अधिबेशन आगामी सेप्टेम्बर १५ तारिक स्पेनको बार्सिलोनामा हुदैछ । चिन्तामणी सापकोटाको अध्यक्षातामा सन् २००७ मा तदर्थ समिति गठन भई स्थापित समितिका तिन वटा अधिबेशन यस अघि सम्पन्न भईसकेका छन् । पहिलो र दोस्रो निर्बाचनबाट क्रमश: पुष्पराज  भण्डारी र एकराज गिरी अध्यक्षमा निर्बाचित भएका थिए भने ति दुवै निर्बाचनका लागि अध्यक्षका प्रत्यासी बनेका चिन्तामणी सापकोटा तेस्रो अधिबेशनबाट सर्ब सहमत  अध्यक्षमा चुनिएका थिए ।

अध्यक्षमा दाबा गरेका तिनै जनाले नेपालीनेपाली डटकमलाई दिएको आफ्नो जानकारीको बिबरण –
शालीकराम डुम्रे

 

10417633_865582636801804_8522569002425872902_n

जन्म :- बि. स. २०२९   थुम पोखरा गाबिस बडा नम्बर- २, स्याङ्जा

– स्कुलदेखिनै नेविसंघमा आबद्द ,त्रिभुबन बहुमुखी क्याम्पस पाल्पा तानसेनको स्ववियु सदस्य

– थुम पोखरा गाबिस इकाइको सभापति ( २ कार्यकाल )

– नेपाली काग्रेस स्याङ्जा क्षेत्र नम्बर -२ को सहसचिब
– स्याङ्जा जिल्ला थुम पोखरा गाबिसको कार्यबाहक अध्यक्ष , निर्बाचित बडा अध्यक्ष
– युरोप बसाई १३ बर्ष ,नेपाली जनसम्पर्क समिति स्पेनको स्थापनाकाल देखिनै सस्थामा आबद्द
– नेपाली जनसम्पर्क समिति स्पेनको तदर्थ समिति सदस्य ,पहिलो अधिबेशनबाट सदस्य,दोस्रोबाट उपाध्यक्ष ,तेस्रोबाट ब. उपाध्यक्ष र सगठन बिस्तारको संयोजक

नोट : डुम्रे को उमेदवारी किन यो बिषयमा उनको विचार सहितको आलेख हामी पछि प्रकाशित गर्ने छौ,

 

बेद राम कंडेल

378713_10150446313108817_861398221_n

जन्म :- २०३४ ,लेखानी गा.बि.स. २, जिल्ला-बाग्लुंग ,धौलागिरि-अंचल
२००६-२००९ – उच्च शिक्षा अध्ययन का लागि डेनमार्क,
२००९-२०११ – जन सम्पर्क समिति स्पेन-सदस्य
२०११ -चितवन समाज स्पेनको -सचिब,
२०१२- नेप्लिज वेलफेयर सोसाइटी स्पेनको -सचिब,
२०१२- जन सम्पर्क समिति स्पेनको -महामन्त्री
२०१४- जन समपर्क समिति यूरोप को संगठन बिस्तार –सदस्य

अध्यक्ष पदका लागी उम्मेदवार  किन ?
– प्रवासमा रहेका प्रजातान्त्रिक नेपालीहरुले सांगाठानिक रुपमा पुर्याउनु भएको सामाजिक योगदानका कारण अझ मलाई स्पेनमा रहदै गर्दा जनसम्पर्क समिति स्पेनमा रहेर काम गर्ने इच्छा दिन प्रति दिन बढ्दै गईरहेको छ | स्पेनलाई नेपालीहरु को युरोपियन अन्तिम गन्तब्य को रुपमा लिने हुदा, शिक्षित बिपन्न तथा सम्पन्न नेपाली समुदायहरु पुर्ब मेची देखि पस्चिम महाकाली सम्मका बिभिन्न जातजातिहरुको बसोवास छ | मैले विभन्न कार्यक्रमहरु मा हाम्रो सामुहिक एकताका लागी जोड दिदै आइ रहेको छु र यहा क्षेत्रीय जातीय भेगीय लडाई नभएका होइन तर पनि मैले सबै नेपालीहरुलाई समान रुपमा सहयोग गर्दै आइरहेको छु |

– यथार्थता यहाहरुले देख्नु भएको छ कुनै कार्यक्रम आयोजना गर्दा म फिल्डमा त्यतिकै सक्रिय हुन्छु , स्पेनमा धेरै नेपालीहरु यहाको स्थानीय भाषाका कारण दुख पाइरहनु भएको छ | त्यस्ता ब्यक्तिहरुलाई हस्पिटल,स्कुल तथा बैधानिक,रेसिडेन्सी रिनु गर्नका लागी के के कानुनि प्राबधान छन् ? भन्ने कानुनी परामर्श मैले बेला बेलामा सामुहिक तथा व्यक्तिगत रुपमा दिनहु जस्तो सेवा गरिरहेको छु |

-जन सम्पर्क समिति स्पेन स्पेनको सबै भन्दा जेष्ठ सस्था रहेकाले सस्थामा पटक पटक सस्थागत बिकासका लागी कुराहरु उठेता पनी केहि हुन् सकेको छैन | यसलाई मैले जोडदार माग गर्दै आएको छु |
-सामुहिक काम मा एकता हुन सकिरहेका छैन त्यसलाई मैले पटक पटक उठाउने गरेको छु |
– सस्थाका जिम्मेवार साथीहरुको कामको जिम्मेवारी बहन नै अति कम्जोर छ |यसलाई सुझानु पर्ने छ |
-स्पेनमा रहेका नेपाली राजनीतिक दलका भातृ संगठनहरुसंगको आपसी सम्बध निकै नै कमजोर छ यसलाई तुरुन्तै सुधार्नु अति जरुरी छ |

अब गर्नु पर्ने कामहरु
– नेपाली महिला युबा बाल बालिका तथा बृद्धहरुलाई रचनात्मक खेलकुद ,सिप -मुलक रोजगारका स्थानीय निकाय संग मिलि तालिम ब्यबस्थापन गर्ने,
– स्पेनका बिभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरुलाई आबद्ध गर्नका लागि जनसम्पर्क समिति क्षेत्रीय समिति गठन गर्ने,
-स्पेनमा रहेका नेपालीहरुको जन-गणना गर्न पहल गर्ने ,
-स्पेनमा रहेका नेपालीहरुलाई बैधानिक हुन् सहज वाताबरण का लागी स्थानीय सरकार संग परामर्श कार्यक्रम तय गर्नु पर्ने,
– स्पेनमा नेपाली राजदुताबास स्थापनाको लागि पहल,
– काठमाडौँमा सक्रिय स्पेनिस काउन्सुलर स्थापनका लागी पहल,
– नेपाल सरकार र स्पेन सरकार संगको कुटनीतिक सम्बन्ध बिस्तार,
– स्थानीय स्तरमा रहेका सामाजिक संघ- सस्थाहरुसंग सम्पर्क बिस्तार,
– शिक्षा ,स्वास्थ्य तथा रोजगारी मुलक कार्य योजना ल्याउने ,
– नेपालको पर्यटन बिकासका लागि कार्यक्रम ल्याउने,

बिष्णु रिजाल

1508046_3715957835148_1254803306_n

जन्म :- बि.स. २०३२ चैत्र, पहाडी जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा

– सामाजिक कार्यमा अभिप्रेरित गर्ने:- आमा राधा रिजाल

– प्रथम पटक सामाजिक कार्यको सुरुवात पाणिनी साहित्य प्रतिस्ठान केन्द्र को सस्थापक अध्यक्ष भइ साहित्यिक यात्राको शुरुवात , प्रकाशित कृति खण्ड काब्य “ पिडा परदेशीको “ (अरब ओमानको ४ बर्षे बसाइबाट त्यहा देखिएका पीडाको संकलित रुप )

– नेपाल बिध्यार्थी संघ क्याम्पस इकाई पुर्ब अध्यक्ष रही नेपाल तरुण दल जिल्ला कार्य समितिको सचिब,
– युरोपमा सन् २००७ देखि स्विजरल्याण्डमा जनसम्पर्क समितिको नेतृत्वदायी भूमिका निबाह गरेको,
– २००९ देखि स्पेन बसाइको शुरबात , जनसम्पर्क समिति स्पेनको पुर्ब सदस्य , पुर्ब तथा बर्तमान सल्लाहकार , गैर आबासीय नेपाली संघ स्पेनको पुर्ब सदस्य (२००९/२०११ ) तथा निबर्तमान महासचिब (२०११/२०१३)

आगामी अधिबेसन को अध्यक्षमा मेरो उमेदबारी किन ?.
१ ) सस्थाको उदेस्य ,सिद्धान्त र कार्यसैलिमा एकरुपता ल्याई सस्थाको प्रभावकारिता उजागर गर्दै समग्र स्पेन स्थित नेपालि संघ सस्थाहरु संग सहकार्य , सहमतिको आधारलाई उच्चतम प्राथमिकताका साथ अघि बढाउनका लागि,

२ ) सस्थालाई बैचारिक रुपमा ज्वलन्त , क्रियाशील बनाउने आधार निर्माण गरि स्पेनबासी आम नेपाली समुदायहरुको अझ लोकप्रिय सस्था बनाउनको लागि,

3) सस्था भित्र पदलाई गहना ठानी निस्क्रिय हुने परिपाटीलाइ निरुत्साहित गर्दै गुण र दोषका आधारमा मुल्याकन गर्ने तथा सस्था भित्र काम गर्ने सबैको मनोबल बढाइ अधिकतम रुपमा सामाजिक कार्यमा प्रेरित गर्नका लागि,

४ ) बिश्वका सम्पूर्ण जनसम्पर्क समितिहरुको एकिकृत संजाल निर्माणको आबस्यकतालाई बहसमा ल्याई नेपाली कांग्रेस लाई बिदेशमा बस्ने , नेपालीहरुका साझा समस्यामा चनाखो रही नीति निर्माण गर्न गराउन तथा देश को बिकास , सांगठनिक मजबुदिकरण गर्दै अघि बढ्ने सुरुवादी प्रयास अघि बढाउनको लागि,

५ ) जनसम्पर्क समितिको सम्पर्क कार्यालय राखी सम्बन्धित आम समुदायमा दिनसकिने उच्चतम सेवालाई ब्यबस्थित गर्न
६ ) स्पेनमा नेपाली दुताबास राख्ने सामाजिक अभियान लाई अझ प्रभाबकारी बनाइ आबस्यक परे बृहत नेत्रुत्वदायी भूमिका निर्बाह गर्ने,

७ ) जन सम्पर्क समिति स्पेनलाई युरोपकै उदारणीय सस्था बनाउन सस्थाका गतिबिधि ,आन्तरिक परिपाटी , कार्य पद्धति ,सामाजिक उत्तरदायित्व बहन लगायत नीतिगत सस्था निर्माणका लागि गरिने परिपाटी लाई अबलम्बन गर्न गराउन,
यसका साथ साथै स्पेन स्थित स्पेनीस समुदाएका अन्य सामाजिक संघ सस्था, बिदेशी नागरिकको हक हितलाई ध्यानमा राखी खोलिएका अन्य संघ सस्था , जनसम्पर्क समितिहरु बिचको सामन्जस्यता लगायतका बृहत सहकार्य लाई पुर्बबर्ती कार्य समितिले झैँ निरन्तरता दिदै अझ प्रभाबकारी भूमिकाको बाटोलाई पछ्याइने छ |

तपाईको प्रतिक्रिया