अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे सरकारको ध्यानाकर्षण


काठमाडौं , साउन १४-
सभामुख सुवासचन्द्र नेम्वाङले, छोराका हत्याका दोषीलाई कारबाहीको माग गर्दै अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको संसद् बैठकको शून्य समयमा केही सभासद्ले अधिकारी दम्पत्तिको स्वास्थ्य स्थिति र उपचार सम्बन्धमा प्रश्न उठाएपछि सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन्।
लगतै रुलिङ गर्दै सभामुख नेम्वाङले अधिकारी दम्पतीलाई नियमित स्वास्थ्य उपचार गर्न र त्यसबारे संसद्लाई जानकारी गराउनसम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।