नेयमारलाई मैदान फर्कन अझै ४ देखि ६ साता लाग्ने


बार्सिलोना ,साउन १४ –
चोटका कारण विश्वकप फुटबल प्रतियोगिता दौरान सेमिफाइनल पछिका खेल गुमाएका ब्राजिलियन युवा स्ट्राइकर नेयमारलाई मैदान फर्कन अझै ४ देखि ६ साता लाग्ने भएको छ ।
कोलम्बियाबिरुद्धको खेलमा गम्भीर घाइते भएका ब्राजिलियन युवा स्ट्राइकर नेयमार बिस्तारै चोटमुक्त हुँदैगएका छन्।
अहिले म विस्तारै फिट भइरहेको छु,’ अब चाडै नै लुइस सुआरेज र मेसीसँग मैदानमा उत्रन लालायित छु नेमारले डेलीमेललाई बताएका छन् ।
नेयमारले अहिले पनि ढाडमा ठूलो व्यान्डेज लगाउने गरेका छन् ।