एसएलसी पूरकमा एक लाख २० हजार परीक्षार्थी ,तयारी पूरा


काठमाडौं ,साउन १४

– परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले एसएलसी पूरक परीक्षाको तयारी पूरा भएको जनाएको छ।
एसएलसी दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले पुन परीक्षा दिन पाउने छन् ।
साउन २० गतेदेखि हुने पूरक परीक्षाको तयारी पूरा भएको र त्यसका लागि आवश्यक पर्ने प्रश्नपत्र र उत्तरपुस्तिका छपाइ गरी सबै जिल्ला सदरमुकाममा पुर्‍याइसकेको कार्यलयले जनाएको छ ।
परीक्षार्थीको सङ्ख्या एक लाख २० हजार ६०० जना रहेको र परीक्षाका लागि २३४ केन्द्र र केन्द्राध्यक्ष निर्धारण गरिएको छ ।
विसं २०७० को एसएलसीमा ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।