रेडियो अन्नपूर्णका बरिष्ठ समाचार वाचक पौडेलमाथी आक्रमण, अवस्था सामान्य


सन्देश श्रेष्ठ
पोखरा, साउन १४ –
रेडियो अन्नपूर्णका वरिष्ठ समाचारवाचक शिशिर पौडेलमाथी गएराती आक्रमण भएको छ । राती १० बजेको समाचार वाचन गरेर गणेशटोल स्थित डेरामा फर्कदै गरेका पौडेललाई राती १० बजेर ५० मिनेटमा गैह्रापाटनस्थित नवीनस्कुल अगाडी आक्रमण भएको हो ।

हेलमेट लगाएको २ जनाले यति राती कहाँ हिँडेको ? भन्दै कुटपीट गर्न थालेको र आफूले गुहार माग्न थालेपछि उनीहरु भागेको पौडेलले जानकारी दिए । सेतो सर्ट लगाएको एक जना अग्लो कदको व्यक्ति र हेलमेट लगाएको एक जनाले आफूमाथी आक्रमण गरेको पौडेले बताउएका छन् ।

आक्रमण भएलगत्तै पौडेलले प्रहरीलाई राती नै खबर गरेका थिए । आक्रमणको प्रतिकार गर्नुका साथै गुहार माग्न शुरु गरेपछि उनीहरु भागेकाले आफूलाई चोटपटक भने नलागेको पौडेलले जानकारी दिए । अहिले पौडेलको अबस्था सामान्य रहेको छ ।

पौडेलमाथी भएको आक्रमणको रेडियो अन्नपूर्णले भत्र्सना गरेको छ । रेडियोले दोषीलाई पक्राउ गरी कारवाहीगर्न प्रशासनसँग माग गरेको छ ।