वल्ड सिरिज धावक गुरुङले भने,”स्वर्ण जित्न फेरि स्पेन आउँछु”


बार्सिलोना/ वल्ड सिरिज धावक भिम बहादुर गुरुङले स्पेनमा स्वर्ण पदक जित्न फेरि आउने बताएका छन्। बार्सिलोना नजिकै बागाको प्रिनेउ म्याराथानमा तेस्रो बनेका गुरुङ स्वर्ण जित्ने गरी स्पेन फेरि आउँने बताएका छन्।

अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा ९ बटा स्वर्ण जितिसकेका गुरुङले नेपालीनेपाली डटकमलाई भने,”स्पेनको दौडमा भाग लिएको यो पहिलो पटक हो,रुट तथा अन्तिम पोईन्टको बारेमा राम्रो जानकारी नहुँदा तेस्रो हुन पुगे तर अर्को पटक तयारीका साथ स्वर्ण जित्न आउँने छु।”

शनिबार गुरुङले ४५ किलो मिटर दुरी ३ घण्टा ४६ मिनेट ५२ सेकेण्डमा पुरा गरेका थिए। प्रतियोगितामा स्पेन कै किलीयन जोरनेटले ३ घण्टा ४४ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण जिते। यस्तै २६ सेकेण्डले मात्र पछि परेका फ्रान्सका निकालोस मार्टिनले रजत जितेका छन्। गोर्खाको आरुघाट स्थायी घर भएका ३५ बर्षिय गुरुङ पछिल्लो क्रममा युरोपका बिभिन्न मुलुकहरु पुग्दै भाग लिईरहेका छन्। उनले हालै ईटाली सम्पन्न ५२ किलोमिटर लामो ट्रोफो किमामा स्वर्ण पदक जितेका थिए।

स्विजरल्याण्ड, इटाली, फ्रान्स, नर्वे,स्पेन जस्ता मुलुकहरुमा लामो दुरीको दौडमा सहभागी जनाई सकेका उनले सन् २०१२ यता मात्र अन्तराष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन थालेका हुन्। धावक गुरुङको युरोप यात्रा गत बर्ष देखि मात्र तय भएको पनि ठुलो उपलब्धि हासिल गरिसकेका छन्। त्रिभुवन आर्मी क्लबका आबद्द गुरुङले भने,”विश्वकै प्रतिष्ठित वल्ड सिरिज प्रतियोगिताहरुमा स्वर्ण जित्दा,नेपाल र नेपाली हुनुमा गर्व लाग्छ। अझै धेरै मेहनत गर्न उत्साह मिलिरहेको छ।” उत्साह मिलिरहेको छ।” उनले हङ्कङ्मा मात्र ४ बटा स्वर्ण तथा चिनमा २ बटा स्वर्ण जितेका छन्।

गुरुङको साथमा अल्ट्राधाविका मिरा राई पनि बागा पुगेकी थिईन्। राईले स्पेनमा यसपटक भने भाग लिईनन्। दुवै खेलाडीहरुको सम्मानमा नेपाली जनप्रगतिशील मञ्च स्पेनले आईतबार सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ।

तस्बिर:- अल्ट्रा प्रिनेउको अफिसियल साईटबाट