नेपाल चिकित्सक संघद्धारा वार्ता असफल भएको भन्दै थप आन्दोलन घोषणा


काठमाडौं– नेपाल चिकित्सक संघले सरकारसँग गरेको वार्ता असफल भएको भन्दै थप आन्दोलन घोषणा गरेको  छ ।
देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सबै स्वास्थ्य सेवा ठप्प गर्दै आएको संघले दशैंकाबेला पनि सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

केही दिनयता अन्दोलन गर्दै आएको संघको मागकाबारेमा आइतबार बेलुका ६ बजेसम्म वार्ता चलेको थियो । वार्तामा सरकारको तर्फबाट स्वास्थ्य क्षेत्रको संवेदनशिलतालाई गम्भिर रुपमा मनन गर्न नसकिएको संघका महासचिव लोचन कार्कीले जनाएका छन् ।

सोमवार काठमाडौं उपत्यकामा रहेका आकस्मिक सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाहेक अन्य सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले एप्रोनसहित स्वास्थ्य मन्त्रालयको प्राङगणमा दुई घण्टा धर्ना दिने भएका छन् । साथै संघका शाखा कार्यालय र अन्य जिल्लाहरुमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयअगाडि एप्रोनसहित नै धर्ना जनाएका छन् ।

सरकारसँगको वार्ता असफल भएपछि संघले सोमवा नै चिकित्सकहरुको भेला बोलाएको छ । संघले सोमवार सोमवार संघको केन्द्रीय कार्यालयमा संघका पूर्व अध्यक्ष तथा महासचिवहरु, उपत्यकामा रहेका स्वास्थ्य संस्थाका निर्देशक, संचालक, प्रमुख, विभिन्न विशेषज्ञ समाजका प्रमुखहरु, नर्सिङ तथा प्यारामेडिक संघ संगठनका प्रमुखहरु लगायत स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको भेला बोलाएको छ ।