बडा दशैको अबसरमा स्पेनमा टेबल टेनिस


बार्सिलोना/ नेपालीहरुको महान पर्ब बडादशैको उपलक्ष्यमा स्पेनमा टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। एसोसियसन सोसियो कल्चरल नेपाली (एएससीएन) को आयोजना आईतबार एइबारमा “दशैं कप” टेबल टेनिस सम्पन्न भएको हो। पाईसभास्को बरपर क्षेत्रबाट सहभागिता रहेको उक्त प्रतियोगिता दुई समुहमा बिभाजन गरी सम्पन्न भयो।।

 समूह “ए” मा सन्तोष भण्डारी पहिलो, सुबोध खड्का दोस्रो र सैलेन्द्र बस्नेत तेस्रो बने। यस्तै समुह “बी” तर्फ तुलसी गुरुङ पहिलो, साजन गुरुङ दोस्रो तथा दिजन बराल तेस्रो बने। सोहि दिन बारबिक्यु कार्यक्रम तथा तिर हान्ने प्रतियोगिता पनि सम्पन्न भयो। प्रतियोगितामा पुरुष तर्फ तुलसी गुरुङ बिजेता बने भने दोस्रोमा नबिन घिमिरे तथा तेस्रो स्थान साजन गुरुङले प्राप्त गरे। महिला तर्फ दिपिका पौडेलले उपाधि जितिन्। दोस्रोमा अन्नु गुरुङ र  सिता तामाङ् तेस्रो बनिन्। कार्यक्रममा बिभिन्न खेलका बिजेताहरुलाई मेडल तथा ट्रफी प्रदान गरिएको थियो।