रोनाल्डो लिगामा फर्किए सँगै म्याड्रिडको हार


 स्पेन/ क्रिस्टियानो रोनाल्डो ला-लिगामा फर्किए सँगै रियल म्याड्रिडले  घरेलु मैदानमा नै पराजय ब्यहोरेको छ। रियल म्याड्रिड रियल बेटिससँग १-० ले पराजित भएको हो। रोनाल्डो ५ खेलको प्रतिबन्धपछि बुधबार राति  मैदान फर्किएका थिए।

खेलेको पहिलो खेलमाएन्टोनियो सनाब्रियाले खेलको अन्तिम मिनेटमा हेडर गोल गरेपछि बुधबार बेटिसले ३ अंक जोड्यो । उसको जितमा रियलका पूर्व गोलरक्षक एन्टोनियो आदानले उत्कृष्ट प्रदर्शन गरे । रियलका लागि ड्यानी कर्भाजल र ग्यारेथ बेलको प्रहार पोस्टमा लगेर फर्किएको थियो । यस्तै टोनी क्रुस र लुका मोड्रीचको प्रहारलाई गोलरक्षक आदानले विफल पारेका थिए ।

रियलले पछिल्ला ३ लिग खेलमा जित दर्ता गर्न सकेको छैन। यस हारसँगै रियल बार्सिलोनाभन्दा ७ अंकले पछाडि पारेको छ ।