अवैध लागुऔषध चरेस सहित कास्की प्रहरीद्धारा दुई जना पक्राउ


पोखरा – अवैध लागुऔषध चरेस सहित कास्की प्रहरीले दुई जना पक्राउ परेका छन् । लागुऔषध चरेस विक्री गरेको अरोपमा म्याग्दी जिल्ला धौलागिरी गाँउपालिका बस्ने ५६ वर्षिय रत्नबहादुर छन्त्याल र उनकै श्रीमति ३७ वर्षिय कुमारी छन्त्याललाई पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १६ बाट पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय पोखराले जनाएको छ । पोखराको विभिन्न स्थानमा चरेश विक्री वितरण गर्ने गरेको भन्ने सुचनाका आधारमा प्रहरीले खानतलासी गर्दा पक्राउ छन्त्यलद्धयलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले एक किलो चरेस बरामद गरेको छ । त्यस्तै प्रहरीले अवैध लागुऔषध गाजा पाँच केजी सहित अन्य तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला बिराटनगर महानगरपालिका ४ कच्चनबाढी घर भई पोखरा लेखनाथ महानगरपालिका ५ मालेपाटन बस्ने ३१ वर्षिय सागर बुढाथोकी, पोखरा लेखनाथ महानगरपालिका ७ मासवार बस्ने २१वर्षिये सैलमोन गुरुङ र धादिङ रोराङ गाउपालिका १ बस्ने १९ वर्षिय टेकबहादुर तामाङ रहेका छन् । उनीहरुलाई पोखरा लेखनाथ महानगरपालिका ५ मालेपाटनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरिले पक्राउ परेका सवैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ ।