निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुको नामावली टुंगियो


काठमाडौं – सरकारले निजामती सेवा पुरस्कार पाउने सरकारी कर्मचारीहरुको नामावली टुंगो लगाएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले पुरस्कार सिफारिस समितिबाट प्राप्त नामावली टुंगो लगाएको हो ।

पुरस्कार पाउनेहरुमा दिपक सुवेदी, डिल्लीराज घिमिरे, केवलप्रसाद भण्डारी, प्रेमलाल लामिछाने, इन्द्रप्रसाद आचार्य, जीवनराज सेढार्इँ, जगन्नाथ बराल, लक्ष्मीदत्त कैनी, प्रल्हादकुमार योगी, अनिल खनाल लगायत रहेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

सरकारले निजामती सेवा पुरस्कार छनौट गर्न मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको नेतृत्वमा समिति नै गठन गरेको थियो । उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा कर्मचारीहरुलाई पुरस्कारको लागि हरेक वर्ष छनोट गरिन्छ ।

प्रत्येक वर्ष निजामती सेवा दिवसको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिन्छ । यस वर्ष निजामती सेवा दिवस यही भदौ २२ गते परेको छ ।