शान्ति सुरक्षाको सवालमा सम्झौता गर्न सकिदैन : बम


पोखरा – प्रहरी अतिरीक्त महानिरीक्षक कमलसिंह बमले शान्ति सुरक्षा विना कुनै पनि विकासका कार्यहरुले गति लिन नसक्ने बताएका छन् ।

कास्कीस्थित विभिन्न प्रहरी कार्यालयको निरीक्षण तथा अवलोकन गदै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिदै शान्ति सुरक्षाको सवालमा कुनै पनि सम्झौता गर्न नसकिने बताए । उनले आम नागरिकको अपेक्षालाई सम्वोधन गदै बैज्ञानिक र प्रविधियुक्त सेवा प्रवाह गर्नु आजको प्रमुख आवश्यकता भएको बताए । उनले आम नागरिकबाट कुनै पनि गुनासाहरु नआउने गरि सकरात्मक सोचका साथ प्रचलित ऐन कानुनको दायरामा रही कार्यसम्पादन गर्न गराउन निर्देशन समेत दिए ।

अतिरिक्त महानिरिक्षक बलमे प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की तथा मातहतका ईलाका प्रहरी कार्यालय शिसुवा, वडा प्रहरी कार्यालय रामबजार, बैदाम, बगर लगायतका कार्यालयहरुमा विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरिक्षण गरेका थिए ।

अतिरीक्त महानिरीक्षक बमलाई उक्त कार्यालयका प्रमुखहरुले आआफ्नो कार्य क्षेत्र भित्रको भौगोलिक सामाजिक अवस्था, विविध अपराधको अवस्था, प्रहरी परिचालन, शान्ति सुरक्षाको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।