एमाले महासचिव ईश्वर पोखरेल बार्सिलोनामा


बार्सिलोना- नेकपा एमालेका महासचिव इश्वर पोखरेल स्पेन भ्रमणाका क्रममा बिहिबार बिहान बार्सिलोना आइपुगेका छन् ।  प्रवासी नेपाली मञ्च स्पेनको निमन्त्रणामा पुर्व उपप्रधान एवं परराष्ट्रमन्त्री समेत रहेका पोखरेल स्पेन आएका हुन् । महासचिव पोखरेलको स्वागतका लागि मञ्चको जम्बो टोली बिमानस्थल पुगेको थियो ।

 प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष हेम शेर्पाका अनुसार  बिहिबार राती मञ्चले नेता पोखरेलको उपस्थितिमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

यसैबिच गैर अावासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले शुक्रबार साँझ नेता पोखरेलको उपस्थितिमा अन्तरक्रिया तथा च्यारिटी डिनर कार्यक्रम गर्दैछ ।