मिस्टर एण्ड मिस कास्कीको फाइनल मंगलबार


राजाराम पौडेल, पोखरा – मोडलिङ रियालिटि सो मिस्टर एण्ड मिस कास्की २०१७ को ग्राण्ड फिनाली भाद्र १३ गते मंगलबार हुने भएको छ । पोखरा सभागृह हलमा भव्य कार्यक्रमकाबिच हुने अन्तिम प्रतिष्पर्धामा उपाधिका लागि ८ युवा र १० युवती उत्रनेछन् ।

ब्ल्यु रे प्रोडक्सनको आयोजीत हुने प्रतियोगीताको उपाधिका लागि भिड्नेहरु सनम गुरुङ, अस्मिता तिवारी, कपिल मगर, वर्षा गुरुङ, विवेक तामाङ, सुजन थापा, आशिष क्षेत्री, जयन्ती गुरुङ, पुजा श्रेष्ठ, निकिता खड्गी, मनिषा नेपाली, मनिष ओस्था, युवराज गुरुङ, रोजी मगर, रञ्जना थापा, सरिता श्रेष्ठ, नविन थापा, सोनु गुरुङ रहेका छन् ।
मिस्टर एण्ड मिस कास्कीका प्रतियोगीहरुले हरेक हप्ता हुने ट्यालेन्ट राउण्ड मार्फत आफुमा निखारता प्रदान गर्दै अन्तिम प्रतिष्पर्धा गर्न लागेका हुन् ।

अन्तिम प्रतिष्पर्धाको कार्यक्रममा लक्ष्मी पती सारीको स्पेशल सारी सो केस, पोखराको १० डिजाइनरबिच प्रतिष्पर्धा, पोखरामा मोडलिङ क्षेत्रमा लामो समयदेखि लागेकालाई सम्मान, चलचित्र तिमिसँगको स्पेशल पर्फमेन्स, मिस डिभा पोखराको फस्ट लुक सार्वजनिक समेत गरिने प्रतियोगीताका कोरीयोग्राफर सागर आचार्यले बताए ।