सिजनल फ्लु का कारण नाबालकको ज्यान गयो


पोखरा – मौसमी रुघा (सिजनल फ्लु) का कारण पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ छोरेपाटन शितल चौतारीका एक नाबालकको बुधबार ज्यान गएको छ ।  काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा ११ महिनाका नाबालक स्वस्तिक बरालको ज्यान गएको हो ।

मौसमी रुघाको लक्ष्यण देखिएपछि उनलाई सुरुमा पोखरामा रहेको ओम अस्पतालमा भर्ना गरिएको थियो ।  दुई दिन ओम अस्पतालमा उपचार पश्चात थप उपचार गर्न काठमाण्डौ रिफर गरेको डा.रामचन्द्र बाँस्तोलाले जानकारी दिए । उनका अनुसार बच्चालाई निमोनिया भएको थियो ।

ग्राण्डी अस्पतालमा ६ दिनदेखि उपचारको क्रममा रहेपनि नाबालकको मृत्यु भएको अस्पतालले जनाएको छ ।