BQ मोबाइल अब किटक्याट अपरेटिङ सिस्टममा


पोखरा, ११ साउन
होराइजन इन्टरप्राइजेजले किटक्याट अपरेटिङ सिस्टममा चल्ने एस ३७ मोडल बजारमा ल्याएको छ । हङकङ,भारत,अफ्रिका र नेपालबाट आफ्नो बिक्री सुरु गरेको बि क्युले यो किटक्याट भर्सन ल्याएको हो ।
बेला इन्टरनेशनलले बजारमा बिक्री बितरण गर्ने बि क्यु मोबाइलका मोडलहरुमध्ये स्मार्टफोन एस ३७ यस अघि एन्ड्रोइड्र जेलिबिन अपरेटिङ सिस्टममा चल्ने गरेको थियो । तर नेपाली मोबाइलका उपभोक्तालाई ध्यान दिएर किटक्याट अपरेटिङ सिस्टममा परिबर्तन गरि बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालमा कारोबार सुरु गरेको छोटो समयमानै ५ हजार भन्दा बढि एस ३७ मोडलको सस्तो ३ जि स्मार्ट फोन बिक्री गरिसकेको कम्पनीका प्रबन्ध निर्देशक बिशाल आचार्यले जानकारी दिनुभयो । गुगल एन्ड्रोइडको नयाँ अपरेटिङ सिस्टम किटक्याटमा रमाउन चाहने नेपाली उपभोक्ताहरु माझ लोकप्रिय हुने दाबी आचार्यको छ ।
यस अघि बिक्युको एस ३७ खरिद गरेको उपभोक्तालाई कम्पनीले निशुल्क अपरेटिङ सिस्टम किटक्याट राखिदिने भएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टमको पछिल्लो भर्सन किटक्याट हो ।
नेपालमा उपलब्ध किटक्याट अपरेटिङ सिस्टम भएका ३ जि स्मार्ट फोनहरुमा बिक्युको एस ३७ सबैभन्दा सस्तो भएको कम्पनीको दाबी छ । नेपालका बिभिन्न स्थानमा सर्भिस सेन्टरबाट अपरेटिङ सिस्टम किटक्याट राख्न सकिने र त्यसका लागि उपत्यकाका बिभिन्न मोबाइल पसल तथा न्युरोडको केशाप्लाजामा रहेको बिक्युको सर्भिस सेन्टर, पोखरा, नारायणगढ, बिरगंज, इटहरी, बिर्तामोड र हेटौंडमा रहेका कम्पनीको सर्भिस सेन्टरहरुबाट गरिने ब्यबस्था मिलाइएको प्रबन्ध निर्देशक आचार्यले जानकारी दिनुभयो ।
आउँदो आर्थिक बर्षमा ३० हजार भन्दा बढि एस ३७ मोडलको स्मार्टफोन बिक्रि गर्ने लक्ष कम्पनीले राखेको यो सेटको मुल्य ६ हजार ८ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
बिक्युमोबाइलको स्मार्ट फोन एस ३७ ले नेपाली मार्केटको अग्रस्थान हात पारेको कम्पनीले दाबी गरेको छ । यो फोन ३.५ इन्च डिस्प्ले, थ्रिजी नेटवर्क, डयुअल सिम, १.२ गिगाहर्ज डुवल कोर प्रोसेसर, दुइवटा क्यामेरा, वाइफाइ, फ्लास लाइट रहेको छ भने यो फोनमा किटक्याट अपरेटिङ सिस्टम रहेको छ । प्रतिमहिना ३० लाख पि.सि.बिए. उत्पादन क्षमता रहेको यो कम्पनीले सस्तो ३ जी स्मार्टफोनको बिक्रीले नेपालमा आफ्नो पकड जमाउने बिस्वास लिएको छ ।
चीनको नं १ पिसिबिए ( मदरबोर्ड ) उत्पादककम्पनी बि क्युले दर्जन बढि प्रतिष्ठित मोबाइल कम्पनीहरुका लागि मदरबोर्ड र ओडिएम तयार गर्दै आएको छ । सेन्जेन र साँघाइमा ५ वटा रिसर्च सेन्टर डेभलपमेन्ट सेन्टर खोलेको बिक्युले २००६ बाट आफ्नो उत्पादन सुरु गरेको हो