नयाँ वजार टयाक्सी इकाई समितिको अधिवेशन सम्पन्न


शोभा नेपाल ,
पोखरा , ११ श्रावण
टयाक्सी व्यवसाय समितिमा आवद्ध नयाँवजार टयाक्सी इकाई समितिको शनिवार भएको चौथो साधरण सभा तथा दोश्रो अधिवेशनले खेमवहादुर नेपालीको संयोजककत्वमा ११ जना नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
जस अन्र्तगत सह–संयोजकमा विष्णु कुमार गुरुङ, सचिवमा विष्णुवहादुर थापा ,सहसचिवमा सन्तोष तिवारी, कोषाध्यक्षमा चन्द्रवहादुर कार्की र सह कोषाध्यक्षमा कमल प्रसाद शर्मा चयन हुनु भएको छ
यसै गरी सदस्यहरुमा अन्जित गुरुङ, अर्जुन क्षेत्री , रेशम वहादुर मगर , दिपेन्द्र सुवेदी र राजु सुनार चयन हुनुभएको छ
टयाक्सी व्यवसाय समितिका अध्यक्ष गान्धीराज गिरीको प्रमुख आतिथ्यता तथा नयाँवजार टयाक्सी इकाई समितिका संयोजक खेम वहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टयाक्सी व्यवसायी समितिका पदाधिकारीहरु वावुराम अधिकारी ,प्रकाशमणी तिवारी ,अग्नीधर खनाल ,पूर्णवहादुर गुरुङ, रामजी घिमिरे लगायतले वोल्नु भएको थियो ।