सिर्जनशील लोकतान्त्रिकमा पुस्तक परिचर्चा


पोखरा ,साउन ११
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रम अन्तर्गत शनिबार पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका संस्थापक अध्यक्ष एवम् सह–प्राध्यापक तथा लोक साहित्यकार हुमकान्त पाण्डेद्वारा लिखित, सङ्कलित तथा सम्पादित लोक साहित्यका दुई पुस्तक ‘मागल’ र ‘लोक वाङ्मयका कोसेली’ लोक साहित्यका मौलिक एवम् दुर्लभ कृतिका रुपमा बाहिर आएका छन् ।
कृतिका टिप्पणीकारद्वय प्राध्यापकहरू हरि कुमार ओझा र जगन्नाथ रेग्मीले दुवै पुस्तक लोक साहित्यका धरोहर भएका र अब समालोचकका लागि कृति मूल सामग्री बन्न सक्ने ठोकुवा गरे ।
कार्यक्रममा प्रा.डा.शर्वराज आचार्य, उपाध्यक्ष दीपेन्द्र पराजुली तथा सदस्यहरू विष्णुप्रसाद शर्मा, श्रीराम घिमिरे, भूमिराज बस्ताकोटी, भोलानारायण रेग्मी, सुरज पौडेल लगायतले पुस्तकका बारेमा समीक्षा गरेका थिए ।
पाण्डेका यस अघि पनि हुम्लाको लोक साहित्य (२०५८) कर्णालीका लोककथा (२०७०) लगायतका कृति प्रकाशित छन् ।
संस्थाका अध्यक्ष प्रा.डा.विष्णुप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।