एमाले महासचिव ईश्वर पोखरेल स्पेन आउदै


बार्सिलोना/ युरोप भ्रमणको क्रममा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल स्पेन आउने भएका छन्। प्रबासी नेपाली मञ्च स्पेनको निमन्त्रणामा नेता पोखरेल बिहिबार बार्सिलोना आउँन लागेका हुन्।

मञ्चका अध्यक्ष हेम हेर्पाका अनुसार आगामी बिहिबार राति मञ्चले नेता पोखरेलको उपस्थितिमा प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको छ।

यसैबीच गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले पनि नेता पोखरेलको उपस्थितिमा छलफल कार्यक्रमको  तयारी गर्दै गरेको बुझिएको छ।