पाेखरालाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यक : जिसी


पोखरा –  पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख मानबहादुर जिसीको पहलमा आज पोखरा लेखनाथ महानगरको विभिन्न स्थानमा गरिने वृक्षारोपण तथा बन क्षेत्र संरक्षणको लागि यस क्षेत्रमा आवश्यक पर्ने बिरुवा छनोट एवं संरक्षण योजना तयार गर्नको लागि बिषय प्राबिधिक हरुसंग छलफल भएको छ ।

छलफलको क्रममा सम्बोधन गर्दै महानगर प्रमुख मानबहादुर जिसीले पोखरामा अव विभिन्न संघ सस्थाहरुले गर्ने वृक्षारोपण कार्य फोटो खिच्नको लागि भन्दा पनि बास्तवमै पोखरालाई हरियाली बनाउनको लागि हातेमालो गर्ने गरि गर्नु जरुरि रहेको बताउदै पोखराको माटो सुहाउदो बिरुवा छनौट तथा संरक्षणको योजना तयार पारी कार्यान्वयन गर्नको लागि महानगरपालिका तयार रहेको प्रस्ट्याउनु भएको छ ।

एक घर दुइ रुख ,नारा मात्रै नभई व्यवहारिकतामा ल्याउन सचेत महानगरबासि आफै लागि पर्ने कुराको बिश्वास महानगर प्रमुख जिसीले औल्याउनु भएको थियो ।बैठकमा पोखरालेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी ,उपप्रमुख मंजु देबी गुरुङ ,कार्यकारी अधिकृत दिर्घनारायण पौडेल ,बन बिज्ञान अध्ययन सस्थानको डीन प्रा।डा। कृष्ण राज तिवारी ,बन कार्यालय कास्कीका सहायक बन अधिकृत शालिकराम पराजुली , महानगरकै बातावरण महाशाखा प्रमुख सुरेन्द्र पाण्डे , प्रशासकीय अधिकृत अन्नतप्रसाद कोइराला ,प्रमुखको स्वकीय सचिव लक्ष्मण तिमिल्सिना लगाएतको उपस्थिति रहेको थियो ।

साथै पोखरा लेखनाथ क्षेत्रको बातावरण सफा र सुन्दर राख्नको लागी भूगोल सुहाउदो बिरुवा छनोट एवं सम्रक्षण योजना,नगर सौन्दर्यकरण तथा बगैचा निर्माण एवं सम्रक्षण,सडक छेउछाउ हरियाली र पर्यावरण मैत्रि बातावरण निर्माणको आवश्यक प्राविधिक अध्ययनको लागी दुइ महिना भित्र प्रतिवेदन बुझाउने गरि बन बिज्ञान अध्ययन सस्थानका डीन प्रा। डा। कृष्ण राज तिवारीको संयोजकत्वमा पाच सदस्यीय अध्ययन समिति समेत बनेको छ ।