३६ यूनिट रगत संकलन


पोखरा, १० साउन

नेपाल रेडक्रस सोसाईटी, उपशाखा पोखरा १८ ले आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको छ ।

“रक्तदान जिवनदान, जिवनदान नै महादान” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रमलाई क्षेत्रिय रक्त सञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको हो ।

पोखरा उ.म.न.पा. वडा नं. १८ छिनेडाडाँमा भएको कार्यक्रमका उद्घाटन प्रमूख अतिथि तथा नेपाल रेडक्रस सोसाईटी कास्कीका सभापती बामदेव ढुङ्गानाले १९ औ पटकका रक्तदाता माओ थापालाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै ढुङ्गानाले श्रावण १०, ११ र १२ गतेलाई रक्तदान दिवसको रुपमा मनाउन जिल्ला तहबाट पहल शुरु गरिएको बताउदै एक ब्याग स्वस्थ रगतले अस्पतालको बेडमा छटपटाईरहेका हुन वा आकस्मिक दुर्घटनामा परेर जिवन र मृत्युसगँ संघर्ष गरिरहेका हुन सबैलाई जिवन दिने भएकोले शरीरमै खेरजाने रगत दान गर्न हिच्किचाउन नहुने बताउनुभयो ।

कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्राबिधिक ध्रुब लामिछाने, समाजसेवी रोमबहादुर कार्की, बोधबहादुर कार्की, जगन्नाथ तिमिल्सिना, शिव पोखरेल लगायतले बोल्नसुभएको थियो । कार्यक्रममा वडा नं. १८ मा रहेका टोल विकास संस्थाहरु, महिला तथा आमा समुहहरु, क्लबहरु र परोपकार महिला समुह सहयोगी संस्थाको रुपमा रहेको थियो ।

नेपाल रेडक्रस सोसाईटी, उपशाखा १८ का सभापती गोकर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा ा्रविधिक प्रमुखलाई मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस्तै लायन्स क्लब अफ सिर्जना चौतारीले आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ यूनिट रगत संकलन भएको छ ।

यसैबिच नेपाल परिवार दलले आज पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ यूनिट रगत संकलन भएको छ ।