भाट समाज नेपालको सम्मान कार्यक्रम सम्पन्न


पोखरा १० साउन

भाट समाज नेपाल कास्कीको आयोजनामा शनिबार पोखरामा एक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्दराज पोखरेलले उद्घाटन गर्दै सम्मान कार्यक्रम मार्फत सम्मानित हुने सम्पुर्ण महानुभावहरुलाई सम्मानले समाज र देशप्रति अरु बढि जिम्मेवारीको वोधहुने वताए।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका स्वर्ण पदक विजेता मिनबहादुर रानाभाट, पोखरा विश्वविद्यालयबाट स्वर्ण पदक विजेता अनिता रानाभाट, मित्रराष्ट्र चिनको विश्वविद्यालयबाट इञ्जिनियरिङको अध्ययन पुरा गर्नु भएकी ज्वाला रानाभाटलाई खादा, अविर र सम्मान पत्रले सम्मानित गरिएको थियो।

साथै कार्यक्रममा कास्की जिल्लाका भाटबन्धुका प्रवेशिका परिक्षा उतिर्ण छोराछोरीहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। सरकारी स्कुलबाट क्षेत्रबहादुर रानाभाट र सन्जु अधिकारीभाट, निजि स्कुलबाट सविन वञ्जराभाट र ममता रानाभाटलाई पुरस्कृत गरिएको थियो भने उत्तिर्ण सम्पुर्णलाई सम्मान गरिएको थियो। त्यसै गरि कार्यक्रममा रामचन्द्र रानाभाट, ज्योतिष रुद्र रानाभाट, दिपक रानाभाट र आकाश रानाभाटलाई आफ्नो कार्यक्षेत्रमा उत्कृष्ठ कार्य गरे बापत सम्मान गरिएको थियो।

सो कार्यक्रममा समाजका केन्द्रिय महासचिव देवेन्द्र रानाभाट, क्षेत्रिय अध्यक्ष तोयबहादुर भट्टराईभाट, मिनबहादुर रानाभाट, अनिता रानाभाट लगाएतले शुभकामना व्यक्त गरेका थिए।

भाट समाज नेपाल कास्कीका अध्यक्ष कृष्णराम रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रमको सचिव श्रीधर रानाभाटले संचालन र कार्यक्रम संयोजक वसन्त वञ्जराभाटले स्वागत गरेका थिए।