नेदरल्याण्डसमा तीज मनाईदै


बार्सिलोना/ नेपाली महिलाहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा नेदरल्याण्डसमा पनि बिशेष कार्यक्रम हुने भएको छ। गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको आयोजनामा आगामी अगष्ट २१  तारिख कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा लोकप्रिय गायिका माण्डपी त्रिपाठी लगायत स्थानीय कलाकारहरुले प्रस्तुति राख्ने भएका छन्। कार्यक्रमलाई सफल पार्नका लागि शान्ती घलेको संयोजकत्वमा समिति गठन भएको छ। बर्षा खड्का सदस्य रहेको समितिले तयारी तिब्र पारेको जनाएको छ। कार्यक्रम संयोजक घलेले नेदरल्याण्डसबासी नेपाली समुदाय लगायत संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थिति भएर सफल पार्न अनुरोध गरेकी छन्।

  • कार्यक्रम बारे पूर्ण बिबरण :-
  • मिति:- २१ अगष्ट सोमबार
  • स्थान:-M&M  Plaza, Floraweg 198, 1032 ZG Amsterdam.
  • समय :-दिउँसो १२ देखि राति १० बजे सम्म
  • शुल्क:- १० युरो ( १२ बर्ष मुनिका बालबालिकाहरुलाई निशुल्क)