नेवा पासा पुच स्पेनले तेस्रो बर्ष मनायो


बार्सिलोना/ नेवा पासा पुच स्पेनले तेस्रो बर्ष पुरा गरेको छ। स्थापनाकालको तीन बर्षलाई समाजले बारविक्यु कार्यक्रम गर्दै मनाएको छ।सोमबार बार्सिलोना नेवारी समुदाय बिच भएको कार्यक्रममा संस्थागत छलफल समेत भएको अध्यक्ष निलु अवाले श्रेष्ठले जानकारी दिईन्। संस्थाले तयार गरेको टिसर्ट सहित सहभागीहरु कार्यक्रममा रमाएका थिए।