अस्थायी प्रहरी विटका इन्चार्जको विदाईमा आसुँ


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ मा रहेको अस्थायी प्रहरी विट तुल्सीघाटका ईन्चार्जको विदाईको अवसरमा सहभागीहरुको आँखा आँसुले रसाएका थिए ।
news photo 2
विगत ३ वर्षदेखि चौकी ईन्चार्जको पोष्टमा कार्यरत प्रहरी हवल्दार गौतम श्रेष्ठको विदाईको दिन सोमबार आफु आउँदाको अवस्था र सरुवा भई जाँदाको प्रहरी विटको अवस्था वोल्दै गर्दा भाव विभोर भएका थिए । ति दिनहरु सम्झदैं गर्दा उनको आवाज पनि आउँन सकेको थिएन ।

उनका आँखामा आँसु देखेपछि सहभागी टोल विकास, आमा समुह तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आँखामा समेत आँसु देखिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रामराज लामिछानेले प्रहरी विटको इन्चार्जको प्राथमिकता समाजमा जनतालाई शान्ति सुरक्षा र अमन दिनु पहिलो कर्तव्य भएतापनि उनको सामाजिक तथा विकासका कार्यहरुमा सक्रिय सहभागिता हुनुले सबै पक्षलाई समेटेर, दिनरात नभनि कार्य गरेवापत धेरै संघसंस्थाले सम्मान गरेको वताए। अब आउने प्रहरी ईन्चार्जलाई पनि जनताको मन खाने कार्य गर्न समेत आग्रह गरेका थिए। प्रहरी विट इन्चार्ज भई आएका प्रहरी हबल्दार कमल श्रेष्ठ आगामि दिनमा प्रहरी र जनता मिलेर उत्कृष्ट कार्य गर्ने वताए।

सो अवसरमा समाजसेवी जगतकृष्ण कर्माचार्यले पटक पटक सरुवा गर्न खोज्दा पनि उनको कार्यको उच्च मुल्याङ्न गर्दै यहाँका स्थानिय वासीको पहलमा प्रहरी विटको ईन्चार्ज नै रहेको वताउँदै उनि भन्दा अगाडि आएका कुनै पनि ईन्चार्जले सामाजिक तथा विकासका कार्यमा जनतासंग सहकार्य गर्न नसकेको वताए ।

सो अवसरमा वडा सचिव लोकदर्शन कोईराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, गण्डकी मिनि मार्केटका अध्यक्ष बमबहादुर कार्की, जेष्ठ नागरिक सरोकार समिति तथा शान्ति घाट विकास समितिका अध्यक्ष भक्तराज श्रेष्ठले गौतम श्रेष्ठले गरेका अनुकरणिय कार्यको सिको अब आउने ईन्चार्जले पनि गर्नु पर्ने वताएका थिए ।

त्यसै गरी वडा नागरिक मञ्चका पुर्व संयोजक लेखुराम खती, वडा स्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ, राम मन्दिर योग केन्द्रकी अध्यक्ष इश्वरी श्रेष्ठ, सिद्ध मार्ग टोल विकास संस्थाकी अध्यक्ष बुद्धीमाया पाण्डे, सेतीगंगा टोल तथा सौभाग्य महिला समुह लक्ष्मी सिलाकार, चण्डिका आमा समुहकी अध्यक्ष बिमला रानाभाट, गौर्खाली रेडियोकी स्टेशन म्यानेजर खिमा गुरुङ्ग, नयाँबजार सास्ंकृतिक समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठलगाएतले उनले गरेका कार्यको प्रशंसा गरेका थिए ।

अस्थायी प्रहरी विट, सेतीगंगा टोल विकास संस्था र सौभाग्य महिला समुहको आयोजनामा भएको कार्यक्रमको संचालन भावना श्रेष्ठले गरेकी थिईन ।